शंकर थापा अछाम
बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितीका संयोजक लोक बहादुर साउँदले गाउँपालिकामा लागु बिभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । लागु योजनाहरुको कामको गुणस्तरीयता के कस्तो छ र स्टमेट अनुसार काम भएनभएको बारेमा अनुगमन गरीएको हो ।

उपाध्यक्ष्य साउँदको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाको वडा नम्वर ३ बर्दादेबीमा लागु भएका योजनाको अनुगमन गरीएको हो । जस अन्र्तगत प्रदेश सरकार बाट बिनियोजती आर्थिक बर्ष २०७५÷७६ को २५ लाखको लागतमा निर्माण भएका जयगढ,मालुकाट्या देखी बरैतीलेख र जगढ भाडासैन सम्मको सडकको अनुगमन गरीएको छ ।
यसैबिच गाउापालिका बाट बिनियोजती ५ लाखको लागतमा बर्दादेबीको माझ रम्टामा निर्माण भइरहेको उत्तिसेडी खानेपानि आयोजना र ३ लाखको लागतमा निर्माण भईरहेको नन्दामाता मन्दीरको पनि अनुगमन गरीएको हो । अनुगमन पछि बोल्दै उपाध्यक्ष साउँदले समग्रमा काम राम्रो भएको बताउनुभएको छ ।
योजनाहरुको काम स्टमेट अनुसार भएको भन्दै उपभोक्ताहरुले काम प्रभावकारी तरीकाले गरेको बताउनुभयो । अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितीका संयोजक लोक बहादुर साउँद,कार्यपालिका सदस्य,यसोदा बोहरा,गाउँपालीकाका कर्मचारी बिर्ख बहादुर साउँद लगायतको सहभागीता रहेको थियो ।