अछाम, २३ असार
महिला र पुरुष भएकै कारण हुने हिंसा अन्त्यका लागि मंगलसेन नगरपालिका–४ बोगटीगाउँमा वडास्तरीय एकदिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला र पुरुष भएकै कारण हुने हिंसा र विभेद अन्त्यमा अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरणपछि महिला तथा पुरुषमा हुने हिंसा वा विभेदमा कमी आउन सक्ने अनुमान गरिएको छ । अभिमुखिकरणमा विन्दु रावल र लक्ष्मी सोवले लैङ्गिक हिंसा, त्यसका कारण, हालका कानुन र कानुनी प्रक्रियाका बारेमा महिलाहरुलाई तालिम दिनुभएको छ ।
उक्त तालिमका क्रममा सहभागी महिलाहरुले आफुहरु महिला भएकै कारण भोग्नु परेका समस्याका बारेमा छलफल समेत गरेकी छन् । घरभित्र हुने र घरबाहिर, कार्यास्थलमा महिलामाथि हुने हिंसा तथा विभेदका बारेमा महिलाहरुले जानकारी लिएका छन् ।
तालिममा वडा नम्बर ४ का ६० भन्दा बढी महिलाहरु सहभागीता रहेको थियो । अभिमुखिकरणमा मंगलसेन नगरपालिकाका कार्यपालिका सदस्य पहले भुल, वडा स्वास्थ्य शाखाका तेजबहादुर साउँद लगायत रहेका थिए ।
वडा सदस्य बदन विकको स्वागत मन्तव्यबाट शुरुअभिमुखिकरण उद्घाटनको सञ्चालन वडा सदस्य भावना केसीले गर्नुभएको थियो । मंगलसेन नगरपालिकाको आर्थिक सहयोगमा वडाको आयोजनामा उक्त अभिमुखिकरण गरिएको हो ।