रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अछामका एकेन्द्र कुँवर केपी ओलि समुहमा

अछामका एकेन्द्र कुँवर केपी ओलि समुहमा
1.7k
SHARES
4.9k
VIEWS
Share on FacebookShare on Twitter

नेकपा माधव प्रचण्ड समुहका प्रभावशाली नेता भिम रावल लाई छाडेर उनका नजिक रहेका प्रभावशाली नेता एकेन्द्र कुँवर केपी वली समुहमा लाग्नुभएको छ । रावलको किचन क्याबिनेट भित्रका मानिने उनकै नगरक्षेत्रका नेता कुवर ओली समुहमा खुल्नु लाई अर्थपुर्ण रुपमा हेरिएको छ । अछाममा तत्कालीन नेकपा एमालेमा लामो समयदेखि काम गरेका अधिकांश नेता कार्यक्रता हरुले पुर्व उपप्रधानमन्त्री रहिसकेका रावलको सट्टा ओली लाई रोज्नुभएको छ । यहि सिलसिलामा काठमाडौमा परिचीत नेता कुँवरले पनि अछाम देखि झापाको यात्रा तय गर्नुभएको हो ।

अछाममा नेकपा लाई नजिक बाट बुझ्ने बिष्लेषकहरुका अनुसार अछामका नेताहरु पुर्वको झापा पुग्नुको मुल कारण ओलीको नीति र नेतृत्व संगै रावलको व्यबहार पनि जिम्मेवार रहेको छ । विगतमा पार्टी एकीकृत हुँदा नेता रावलको हुकुमी शैलीले उकुसमुकुसमा रहेकाहरु यतिबेला आफू लाई स्वाधीन र स्वतन्त्र सम्झेर बदला लिइरहेको नेकपा भित्रको स्रोतको पनि दावी छ । नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा सामेल भएका छन् । नेता रावलको व्यवहार र कार्यशैलीका कारण पाका नेताहरु ओली समूहमा लागेपछि उनी जिल्लामा कमजोर अवस्थामा पुगेको नेकपा स्रोतले दाबी गरेको छ । रावलले निर्वाचन लड्दै आएको अछाम निर्वाचन क्षेत्र नम्बर १ साँफेबगर नगरपालिका वडा न ९ बुढाकोट स्थायी घर भएका राष्ट्रीय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवर ले ओली समूहलाई साथ दिनुभएको छ । यही मिती २०७७ साल माघ २१ गते आफ्नो फेसबुक वालमा प्रधानमन्त्री केपी शर्मा ओलि को निवासमा भएको भेटघाट को फोटो हाल्दै उहाँले जानकारी गराउनु भएको हो । https://www.facebook.com/v7.0/plugins/post.php?app_id=180787856691568&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df2ab3551e60ce7%26domain%3Dwww.hamrobulletin.com%26origin%3Dhttps%253A%252F%252Fwww.hamrobulletin.com%252Ff36855c14d8e378%26relation%3Dparent.parent&container_width=363&href=https%3A%2F%2Fwww.facebook.com%2Fekendra.kunwar.1%2Fposts%2F1855423384613263&locale=en_GB&sdk=joey&show_text=true

विगतका सबै निर्वाचन मा अछाममा तत्कालिन एमाले लाई जिताउन सबै भन्दा बढी भूमिका निर्वाह गर्ने राष्ट्रीय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवर ले नेता रावलको साथ छोड्नुभएको हो । यसै सन्दर्भमा हाम्रो बुलेटिन ले राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर को राजनितिक तथा व्यक्त्तिगत जिवनी खोतल्ने प्रयास गरेको छ ।

वि. स. २०२७ साल मा जन्मिनु भएका एकेन्द्र कुँवर युवा पुस्ता माझ एकदमै नेताका रुपमा गनिनुहुन्छ । २०४३ सालको एस एल सि परिक्षा उतिर्ण पछी पर्विणता प्रमाण पत्र तहको अध्ययन सकाएर २०४६ देखी २०४८ सम्म दुई बर्ष अछाम को वेतालमाण्डौ मा. वि. मा शिक्षण पेसामा आवद्ध हुनुभएको थियो । राजनितिक जिवन को कुरा आउँदा स्नातक पढ्दै गर्दा त्रिभुवन विश्वो विद्दालय को स्वतन्त्र विद्धार्थी युनियन मा तत्कालिन अखिल क्रान्तिकारी विद्धार्थी संघ को तर्फबाट सुदुर पश्चिमकै पहिलो पटक सदस्य जित्नेमा राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर नाम आउँछ । सदस्य पछी दोस्रो पटक उहाँ उपसभापती को उम्मेद्वार हुनुहुन्थ्यो तर पर्टी विभाजन का कारण पराजित हुनुपर्‍यो तै पनि समकालिन अरु उम्मेवार ले ९०० मत अन्तरले हार्दा उहाँ का चाही आफ्ना प्रतिद्वन्दी भन्दा १२ मत कम आएका थिए । यसले नै उहाँको राजनितिक जिवन त्यतिखेर देखी नै कत्तिको सफल थियो भन्ने कुराको व्याख्या गर्दछ ।

आफ्नो परोपकारी भावनाका कारण राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर त्यतिबेला देखी नै त्रिभुवन विश्वो विद्धालय का लोकप्रिय नेता हुन्हुन्थ्यो । देशमा हुने निर्वाचन मा नेकपा र तत्कालिन नेकपा एमाले लाई जिताउन पटक पटक सबै भन्दा बढी भूमिका खेल्ने मा एकेन्द्र कुवँर को नाम अग्र स्थानमा आउँछ । संघर्ष मा सबै भन्दा अघाडी लाग्ने र अवसरको बेलामा अरुलाई अघाडी लगाउने कुराले राजनितीमा उहाँको महानाता झल्काउछ । सधै गरिब दिनदुखी को सेवा गरिरहने उहाँ को बानी उहाँको मात्र नभएर उहाँका बुवा, भाई हिक्मत कुँवर र पछिल्लो समयमा उहाँको ज्यष्ठ सुपुत्र विक्रम कुवँरको पनि रहेको छ । अरुले भिड जम्मा गर्न, आफु आउँदै छु भन्ने माहोल बनाउन अछाम मा दर्जनौ कार्यकर्ता तैनाथ गर्नुपर्छ त्यही ठाउँमा राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेद्र कुँवर जाँदा कसैलाई नभनेर गएपनी हजारौं समर्थक र प्रशंसकले उहाँलाई पुरै देश भरी स्वागत गर्ने गर्छन ।

कोरोना महामारिले पुरै विश्व नै आक्रान्त भैरहेको बेलामा राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुवँर भने असाह्य र पिडित को लाई राहत बाड्ने काममा सधै खट्नुभयो त्यती मात्र नभएर नेपालमा कोरोना को सुरुवाती चरणमा स्वाब परिक्षण राजधानिमा मात्रै गरिने समयमा आफ्नो ज्यान को बाजी लगाएर आफ्नै गाडिमा धनगढी बाट काठमाण्डौं सम्म २०० भन्दा बढी स्वाब बोकेर जानुका साथै अछाम का स्थानिय तह, अस्पताल, सुरक्षाकर्मी, पत्रकार लाई समेत सुरक्षा समाग्री बाड्नुभएको थियो । कोरोना महामारी को बेलामा लाखौंको राहत बाड्ने राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर ले समाज अफ्ट्यारोमा परेका बेला त्यो आफ्नो समाज प्रतिको उत्तरदायित्त्वो भएको बताउनु भएको थियो । 

अछाममै पहिलोपटक भुगोल मा एम. ए. गर्ने राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवरले विश्वोका ५५ भन्दा बढी देश घुमिसक्नु भएको छ । अछाम मा २०४८ सालको स्थानिय निकाएको चुनाव मा अछाम क्षेत्र न १ मा साविक का १५ गाविस मध्य तत्कालिन नेकपा एमाले ले एउटा गाविस बुढाकोटमा मात्रै चुनाव जितेको थियो जसको कमाण्डिङ्ग राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर ले गर्नु भएको थियो । हाल नेपाल राष्ट्रीय खेलकुद परिषद का बोर्ड सदस्य रहनुभएका एकेन्द्र कुँवर, नेपाल कुरुदेय सेल्फ डिफेन्स का अध्यक्ष, गैर आवासिय नेपाली संघ स्पोर्ट एकेडेमी का सल्लाहकार, नेपाल कृकेट टिमका पुर्व राष्ट्रीय खेलाडी समेत रहनु भएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

अछामका २ सय ९८ जना युवालाई १ करोड ९ लाख २९ हजार रकम अनुदान

अछामका २ सय ९८ जना युवालाई १ करोड ९ लाख २९ हजार रकम अनुदान

March 5, 2021
शान्ति सुरक्षा कायम देखि सबैसंग समन्वय गर्दै अघि बढ्ने प्रजिअ : मल्ल

शान्ति सुरक्षा कायम देखि सबैसंग समन्वय गर्दै अघि बढ्ने प्रजिअ : मल्ल

March 5, 2021
कोभीड १९ सम्वन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया

कोभीड १९ सम्वन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया

March 5, 2021
राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिता चाैरपाटीमा सुरु

राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिता चाैरपाटीमा सुरु

March 5, 2021
अछाम र डोटीका आठ सय ८४ घरधुरीमा असर पर्ने

अछाम र डोटीका आठ सय ८४ घरधुरीमा असर पर्ने

March 5, 2021
सरकार र ‘विप्लव’ समूहबीच सहमतिपत्रमा हस्ताक्षर

सरकार र ‘विप्लव’ समूहबीच सहमतिपत्रमा हस्ताक्षर

March 5, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal