धनराज साउद अछाम
बान्नीगढी जयगढ गाउँपालिकामा रहेका एचआईभी सँक्रमितहरु पोषण भक्ता बितरण गरिएको छ । गाउँपालिकाको आयोजनामा एक कार्यक्तमका बिच गाउँपालिकामा रहेको ३४ जना सँक्रमितहरुलाई पोषण भक्ता बितरण गरिएको हो ।

सँक्रमितहरुको पोषणको स्थितिमा सुधार ल्याउने उद्धेश्यका साथ गाउँपालिकाले उनीहरुलाई प्रती व्यक्ती ३ हजार २ सय ३५ का दरले पोषण भक्ता बितरण गरेको छ ।
पोषण भक्ता बितरण पश्चात सँक्रमित अगुवा गँगा थापाले गाउँपालिकाले पोषण भक्ता बितरण गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
गाउँपालिकाले सँक्रमीतहरुका लागी यस्ता अन्य कार्यक्रम गर्दै जानुपर्नेमा उहाले जोड दिनुभएको छ । थापा पोषण भक्ता बितरण कार्यक्रममा सँक्रमितहरुलार्ई स्वागत गर्दै जनस्वास्थ्य अधिकृत चक्र बहादुर बिष्टले संक्रमितहरुले सम्मानपुर्वक बाच्न पाउने हक र सामाजीक सुरक्षाको हकको सुनिश्चितताका लागी गाउँपालिकाले पोषण खर्च उपलव्ध गराउने सानो प्रयास गरेको बताउनुभयो ।
पोषण भक्ता बितरण गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले संक्रमितहरुको जीवनस्तर उकास्ने बिषयमा गाउँपालिका सजग रहेको बताउदै बिभिन्न राहात बितरणका कार्यक्रम सँचालन गर्दै आएको बताउनुभयो ।
बिभिन्न राहात पाउनका लागी एचआईभी सँक्रमीतहरु खुलेर आउनुपर्नेमा गाउँपालिका अध्यक्ष खड्काले जोड दिनुभएको छ । संक्रमितहरुको पक्षमा के कसरी काम गर्न सकिन्छ भन्ने बारे छलफल गरि उचित कार्यक्रम ल्याईने उहाले बताउनुुभयो ।