असार मङ्गलसेन : म स्वस्थ मेरो देश स्वस्थ अभियान तथा नसर्ने रोगहरु सम्वन्धि अभिमुखिकरण कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा कार्यक्रम भएको हो ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख आसुतोष श्रेष्ठको अध्यक्षतामा भएको अभिमुखिकरणमा नसर्ने रोगको विश्वब्यापि अवस्था र नेपालको परिवेशमा बढ्दै गयको नसर्ने रोगको अवस्थाका विषयमा जानकारि गराईयको थियोे ।

पछील्लो समयमा नसर्ने रोगहरुको प्रकोप बढ्दै गईरहेको र नेपालमा पनि ६० प्रतिसत मृत्यु नसर्ने रोग कै कारणले हुनेगरेको तथ्यांक सार्बजनिक गरिएको थियोे । नसेर्ने रोगको जोखिम कम गर्नको लागि हरेक ब्याक्तिले हरेक ३र३ महिनामा ब्लड प्रेसर अवस्था, ग्लुकोज र कोलेष्ट्रोलको मात्रा परिक्षण गर्नुपर्नेमा जोड दिईयको थियोे ।
अभिमुखिकरणमा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुवर प्रमुख अतिथि रहनुभयको थियो । अन्य अतिथिमा जिल्ला समन्वय समिति उपप्रमुख टोप बहादुर रावल, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ लगायत जिल्ला स्थित सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुङ्गानाले गर्नुभएको थियो ।