लाल बहादुर चँदारा
अछाम जिल्लमा पछिल्लो समय वालविबाह हुने क्रम बढेको छ । जिल्लाका बिभिन्न स्थानिय तहमा सानै उमेरमा वालविवाह गर्नेको संङ्ख्या बढेको हो । वाल विवाह गर्नेको सङ्ख्या बढे संगै वडा र गाउँमा गठीत वाक्लबहरुको सक्रियतामा वावविाह रोकीएका छन ।
जस अन्र्तग मेल्लेख गाउपालिका वडा नम्वर ३ ठाटिमा एक जोडिको बालबिबाह रोकिएको छ । मेल्लेख ठाटि ३ कि १४ बर्षिया लक्ष्मि नेपाली र बाजुरा त्रिबेणि नगरपालिकाका १६ बर्षिय गणेश नेपालि बिच हुन लागेको बिबाह रोकियको हो ।

विबाह गर्ने उमेर नपुगेकाले उनिहरु लाई ५ बर्षको लागि दुबै पक्ष बिच सहमति गरि अलग गरिएका छन । वडा कार्यलय ठाटि,बालसंरक्षण समिति ठाटि र बाल संञ्जाल ठाटिको सक्रियतामा वालविबाह रोकिएको बाल सञ्ंजालका अध्यक्ष रोशन रावलले जानकारि दिनु भयो ।
यस अघि गाउँपालिकामा ३ ओटा बालबिबाह रोकिएका थिए । ठाटि लाई बाल मैत्रि स्थानीय शासन वडा घोषणको तयारि भईरहेको बेला अब बालबिबाह गर्ने लाई कडा भन्दा कडा कार्बा्हि गरिने वडा अध्यक्ष केशर शाहले बताउनु भएको छ ।