रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

नेपालमा पहिलो पटक साँफेबगरका दुई वडा पोषणमैत्री घोषणा हुँदै

नेपालमा पहिलो पटक साँफेबगरका दुई वडा पोषणमैत्री घोषणा हुँदै
119
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter
तपेन्द्र कुँवरअसार, २५,अछाम
नेपालमा पहिलो पटक अछामको साँफेबगर नगरपालिकाका दुई वडा पोषणमैत्री स्थानीय शासन वडा घोषणाको अन्तिम तयारीमा रहेका छन् । साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथ र वडा नं.६ भाग्यश्वरलाई साउन ६ गते पोषणमैत्री वडा घोषणा गरिने भएको छ । साँफेबगर नगरपालिकाको गत आर्थिक वर्ष ०७४/०७५ नीति तथा कार्यक्रममा नगरलाई पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएको थियो ।पोषणमैत्री स्थानीय शासन वडा घोषणाको लागि नगरपालिकाको पोषणमैत्री स्थानीय शासन पोषण मैत्री वडा घोषणा कार्यविधि २०७६ अनुसार १२ वटा चरणहरु पार गरेपछि वैजनाथ र भाग्यश्वरलाई पोषणमैत्री स्थानीय शासन वडा घोषणा गर्न लागिएको साँफेबगर नगर प्रमुख तथा पालिका स्तरमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका संयोजक कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।

घोषणाको तयारी पूर्व गर्नु पर्ने सुचकहरु पोषण मैत्री स्थानीय शासनको न्यूनतम् सेवा सुचकहरुको प्रमाणिाकरण, नगरकार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मुल्याकनको काम पुरा भएको नगर प्रमुख तथा निर्देशक समितिका संयोजक कुँवरले जानकारी दिनुभयो ।

पोषणाको स्थिति पत्रप्रकाशन र सार्वजनिकीकरण, बहुक्षेत्रीय पोषणा योजनाको बार्षिक योजना तर्जुमा, लगानीको सुनिश्चितता र योजना,    कार्यान्वयन र विशेष अभियान सन्चालन गरिएको छ । नगर प्रमुख तथा निर्देशक समितिका संयोजक कुँवरले भन्नुभयो–‘पोषणाको बस्तुगत बिवरणा संकलन, तयारी, बिश्लेषणा र प्रकाशन, निश्चित सुचक तथा मापदण्डका आधारमा गाउँ, वडा हुँदै शाखागत  र पालिका स्तरमा पोषणा सम्र्पक व्यक्ति, डेस्क स्थापना पनि भएको छ । ’
पोषणमैत्री स्थानीय शासन पोषण मैत्री वडा घोषणा कार्यविधि २०७६ अन्र्तगत दुवै वडाले ७ वटा विषयगत शाखाका ७१ वटा सूचकहरु पुरा गरेको साँफेबगर स्वास्थ्य शाखा संयोजक सुरत खड्काले जानकारी दिनुभयो । अव दुवै वडालाई साउन ६ गते पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरिने स्वास्थ्य संयोजक खड्काको भनाई रहेको छ ।

पोषणमैत्री स्थानीय शासन वडा घोषणाको लागि स्वास्थ्य, शिक्षा,महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई पशु, कृषि र सुशासन विषयगत ७१ वटा सूचकहरु पुरा गरिएको स्वास्थ्य संयोजक खड्काले जानकारी दिनुभयो । साँफेबगर नगरपालिका, जिल्ला समन्वय र सुदुरपश्चिम् प्रदेशको पोषण तथा खाद्य सुरक्षा निर्देशनक समितिले अनुगमन, मुल्यांकन तथा सुचकको प्रमाणिकरण पत्र प्राप्त भएपछि अव घोषणा गरिने छ ।

‘गर्भवति महिलाले ४ पटक पूर्व प्रस्तुति जाँच, गर्भवति महिलाले टिटि खोप तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, २४ महिनासम्म वालवालिकहरुले नियमित वृद्धि गर्ने गरेको पाईको छ ।’ स्वास्थ्य संयोजक खड्काले भन्नुभयो –‘जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराएको, कम तौलका शिशुको जन्म नभएको पाईएको, पूर्ण खोपयुक्त वडा घोषणा गरेको लगायतका २१ वटा स्वास्थ्यका सूचक पुरा भएको पाइएको छ ।

’ पोषण मैत्री वडा घोषणा कार्यविधि २०७६ उल्लेख गरिए अनुसार स्वास्थ्यका सम्पूर्ण सुचकहरु पुरा भएको स्वास्थ्य संयोजक खड्काको भनाई रहेको छ ।  पोषणमैत्री स्थानीय शासन वडा घोषणाको लागि आवश्यक पर्ने शिक्षातर्फका पनि सम्पूर्ण सुचकहरु दुवै वडालो पार गरेको साँफेबगर शिक्षा शाखाले जानकारी दिएको छ ।

पोषणमैत्री वडा घोषणाको लागि शिक्षा तर्फका सूचकहरु आठ वटा रहेकोमा सम्पूर्ण सुचकहरु पुरा गरेको साँफेबगर शिक्षा शाखाका श्रोत व्यक्ति हरिप्रसाद जोशीले जानकारी दिनुुभयो । ‘आईरन चक्की सेवन गर्ने विद्यालयभित्रका रहेका १० देखि १९ वर्षका किशोरकिशोरीको प्रतिशत करिव सतप्रतिशत, माध्यामिक विद्यालयमा वालविवाह, छाउपपडि कुप्रथा विरुद्धको अभियान, खानेपानीको सुविधादेखि विद्यालयमा जंक फुडको निषेध दिवा खाजाको व्यवस्था गरिएको छ ।’ श्रोत व्यक्ति जोशीले भन्नुभयो– ‘पोषणमैत्री वडा घोषणाका शिक्षा तर्फका आठ वटा सूचकहरु पुरा भएका छन् ।’

दुुवै वडामा महिला तथा बालिकामा माथि हुने लैङिगक हिंन्साको न्यूनिकरण, छाउगोठमा बस्ने चलन हटेको, बालबिबाहको न्यूनिकरण भएको महिला तथा वालवालिका शाखाका प्रमुख कल्पना ठकुल्लाले जानकारी दिनुभयो । महिला तथा वालवालिका शाखाका अन्तर्गत पोषणमैत्री वडा घोषणाका लागि ५ वटा सुचक रहेकोमा सम्पूर्ण सुचकहरु पुरा भएको शाखा प्रमुख ठकुल्लाको भनाई रहेको छ। ‘२० बर्ष नपुग्दै विबाह हुने पुरुष तथा महिलाको कमि भएको ।’

शाखा प्रमुख ठकुल्लाले भन्नुभयो– ‘यसले गर्दा मातृ तथा वालमृत्युदरमा कमि देखिएको छ ।’ सासु बुहारी, श्रीमान श्रीमती विच अन्तरक्रियाका माध्यमबाट पारिवारिक हिन्साका घट्नाको पनि अन्त्य भएको शाखा प्रमुख ठकुल्लाको भनाई रहेको छ ।

पोषणमैत्री वडा घोषणाको लागि पशु सेवा तर्फका तीन वटा सुचक पुरा भएको पशु सेवा शाखाका प्रमुख पदमबहादुर थापाले जानकारी दिनुभयो । उहाँले सुनौला हजार दिनका घरपरिवार प्रतिशत पशु पंक्षीजन्य खानाको उलब्धताको लागि पशुपंक्षी पालन गर्ने  सुनौला हजार दिनका घरघुरी प्रतिशत पशुपंक्षीजन्य खाना तथा पदार्थहरु पहुँच पुगेका पाइएको थापाको भनाई रहेको छ ।

यस्तै नगरका दुवै वडामा करेसाबारी स्थापना सम्बन्धी तालिम लिएको, सुनौलाहजार दिनका घरपरिवार करेसाबारी स्थापना र नियमित रुपमा फलफुल, सागसब्जी, गेडागुडीको उपभोग गर्ने सुचक पनि पुरा भएको पाइएको कृषि विकास शाखाका प्रमुख सुरेन्द्र कुँवरको भनाई रहेको छ ।

पोषणमैत्री वडा घोषणाको खानेपानी तथा सरसफाईको पनि महत्वपूर्ण भूमिका हुने गरेको शाखा प्रमुख कर्ण कुँवरको भनाई रहेको छ । उहाँले अहिले वैजनाथ र भाग्यश्वरले स्वच्छ खानेपानीको लागि पानी शुद्धिकरणका, सफा शौचालय , फोहोर पानी पुनः प्रयोग गरी जुठल्नो सुधार भएको पाइएको छ ।

यस्तै यस्तै वैजनाथ र भाग्यश्वरमा भाडा सुकाउने च्याड. र मोरीको व्यवस्थापन र पशुचौपायको मल  मुत्र ब्यबस्थापन समेत भएको कुँवरको भनाई रहेको छ ।  दुई वडालाई पोषणमैत्री वडा घोषणाको सुशासनको क्षेत्रमा पनि दुवै वडामा कामहरु भएको पाइएको छ । स्थानीय तहको दीर्घकालीन, आवधिक तथा वार्षिक कार्यक्रममा बहुक्षेत्रीय पोषण योजना अनुसारका कार्यक्रम समावेशसँगै पालिकाबाट नियमित अनुगमन  भएको साँफेबगर नगरपालिकामा स्थानीय निकाय तथा सुशासन प्रमुख निर्प बिश्वकर्मा भनाई रहेको छ ।

यस्तै पालिका तथा वार्ड कार्यालयमा स्तनपान कक्षको व्यवस्थापन, अनलाइन मार्फत पोषणका राष्ट्रिय सुचाङ्क अनुसारको तथ्यांक प्रतिवेदन समेत तयार भएको विकको भनाई रहेको छ ।   महिला, किशोरी तथा बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन र पोषण सेवाको सुनिश्चतता र दिगोपना कायमको लागि नगरलाई पोषण मैत्री स्थानीयशासनको लक्ष्य लिएको नगर प्रमुख कुँवरको भनाई रहेको छ । उहाँले पोषण मैत्री स्थानीय शासन पद्धतिलाई नगरपालिकाको नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिएको बताउनुभयो  ।

अनुगमन तथा सुचकहरुको प्रमाणिाकरणको लागि साँफेबगर आउनु भएका सुदुरपश्चिम् प्रदेशको पोषण तथा खाद्य सुरक्षा निर्देशनका निर्देशक दिनेश पाण्डेले वैजनाथ र भाग्यश्वरले अधिकास  सुचक पुरा गरेकाले पोषणमैत्री स्थानीय शासन वडा घोषणा गर्न सकिने बताउनुभयो ।

सदस्य सचिव पाण्डेले सामाजिक अभियान परिवर्तन गर्ने बहुआयामिक पोषणमैत्री कार्यक्रम भएकाले घोषणामा दिगो बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै अनुगमन तथा सुचकको प्रमाणिकरण पछि बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवरले पोषणमैत्री स्थानीय शासन वडा घोषणाको लागि अनुगमन गर्दा सुचक पूरा भएको पाईएको बताउनुभयो ।

पोषणको क्षेत्रमा भएका उपलब्धिहरुलाई दिगो बनाई थप प्रगति हासिल गर्नको लागि सवैमा आग्रह गर्नुभयो । यस्तै जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले स्थानीय सरकारले ल्याएका निति नियमलाई वडाले प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभएको छ । ‘नेपालले दिगो विकास लक्षअनुरुप सन २०३० सम्ममा कुपोषणलाई अन्त्य गर्ने अन्तराष्ट्रिय प्रतिवद्धता व्यक्त गरिसको छ ।

’ समन्वय समितिका प्रमुख कुँवरले भन्नुभयो–‘बहुक्षेत्रीयपोषण योजनाको सफल कार्यन्वयनको कर्तव्य र जिम्मेवारी स्थानीय तहको रहेको छ ।’ स्वस्थ, सुखी र समृछ परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकारलाई बनाएको नारा सफल हुने नगरपालिकाकोे दावि रहेको छ ।

सिङ्गो गाउँ नै चिटिक्क


साँफेबगर नगरपालिका वडा नं.६ भाग्यश्वरमा प्रवेश गर्ने बित्तिकै सुदुरपश्चिम् प्रदेशको पोषण तथा खाद्य सुरक्षा निर्देशक सदस्य सचिव दिनेश पाण्डेले वडा अध्यक्षलाई प्रेमराज शर्मालाई सोध्नुभयो यो गाउँ पहिलेदेखि यस्तै चिटिक्क थियो । अध्यक्ष शर्माले मुस्कुराउदै सदस्य सचिवलाई जवाफ दिनुभयो, पहिलेदेखि चिटिक्क थियो । सदस्य सचिव दिनेश पाण्डे फेरी सोध्नुभयो कसरी सम्भव पार्नुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, हामीले चुनाव जितिसकेपछि सुरुमा फोहोरबाट मोहार बनाउने नीति बनाएपछि गाउँमा फालिएका प्लाष्टिकबाट विभिन्न सामग्री बनाउन थाल्यो । यसले फोहोर व्यवस्थापनसँगै आर्थिक लाभ पनि प्राप्त भयो । त्यस्तै वडालाई पोषणमैत्री वडा घोषणा गर्ने अभियान सुरु भएपछि जनतामा आएका जागरुकताले गाउँघर चिटिक्क हुनुको साथै समाज स्वस्थ बनेको अध्यक्ष शर्माले जवाफ फर्काउनुभयो ।

अहिले तपाई भाग्यश्वर प्रवेश गर्दा अधिकांसको घर–घरमा टाँढैबाट भाडा सुकाउने च्याड, र मोरी (हातधुने स्थान) देख्न सक्नुहुनेछ । मोरीको पानी सदुपयोग गर्दै अधिकांसले वारीमा  लगाएर हराभरा तरकारी समेत फलाएका छन् । यस्तै पशुको मल मुत्र ब्यबस्थापनको लागि बनाएको खोल्डाले अधिकांस आगन सफा चिटिक्क परको देख्नुहुन्छ ।

वडा अध्यक्ष शर्माले भन्नुभयो देशको पहिलोे पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ जनताले साथ दिएपछि भाग्यश्वरको मुहानर फेरिदै गएको बताउनुभयो । सरसफाईका सूचकअनुसार स्थानीयले शौचालयको प्रयोग, सावुनपानीले हात धुने बानी, सरसफाईयुक्त खाना, स्वच्छ पिउने पानी, घरआँगनको सरसफाई र वातावरणीय सरसफाईमा ध्यान दिएको अध्यक्ष शर्माको भनाई रहेको छ ।

Radio janaprya online bata

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal