राजेन्द्र कुवर असार ३१ अछाम
चौरपाटी गाउँ पालिकालाइ फलफूलमा आत्मा निर्भर बनाउनका लागि कृषि शाखाले यो आर्थिक बर्षमा विभिन्न जातका बिरुवा बितरण गरेको छ । बर्षाको फलफूल वालिको रूपमा रहेको आमका १हजार ५ सय बिरुवा बितरण गरिएको कृषि शाखा चौरपाटिका प्रमुख प्रेमबहादुर महतले जानकारी गराउनु भयो ।

आमको बिरुवा बितरण गर्दै चौरपाटी गाउँ पालिकाका उपाध्यक्ष माया कुवरले बितरण गरिएका बिरुवाको संरक्षणमा ध्यान दिन सबै कृसकलाइ अनुरोध गर्नु भयो ।
रौतहटको फलफूल नर्सरी बाट कृषि शाखा चौरपाटिले किसानको माग बमोजिम अछाम पुगाएको बिरुवाको लागत मूल्य प्रती बोटा १सय ५० रहेकोे कृषि शाखा प्रमुख प्रेमबहादुर महतले जानकारी दिनु भयो ।
विभिन्न बिकास साझेदार संघ संस्थाले निशुल्क बिरुवा बितरण गरि रहेको समयमा गाउँ पालिकाले कुल आमको बिरुवाको लागतमा ६० प्रतिसत अनुदान र ४० प्रतिसत किसानको लगानी रहने बताएको छ ।
यस आर्थिक बर्षमा चौरपाटी गाउँ पालिकाले हिउदे फलफूल वाली दाते ओखरका ४ हजार ८ सय र १ हजार ५ सय आमका उन्नत जातका बिरुवा किसानको ४० प्रतिशात लगानीमा बिरुवा बितरण गरिएको छ ।
किसानको लगानी बिना ठूलो संख्यामा चौरपाटी गाउँ पालिकामा विभिन्न साझेदार संघ संस्थाले फलफूल जातका बिरुवा बितरण गरेको भए पनि संरक्षणको अभावका कारण जोगाउन नसकिएको तितो अनुभव रहेको कृषि शाखाले जनाएको छ ।