पुजा शाही ठकुरी श्रावण ३ शुक्रबार
विभिन्न तालीम संचालनका लागि भन्दै विज्ञापन खोलेर अछाम जिल्लाका विद्यार्थीहरुबाट रकम असुल्ने २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरीएको छ । गण्डकी मल्टिपल इन्स्टिच्यूट प्रा.लि. अछामको नाममा विज्ञापन खोली छोटो अवधिको ट्रेनिङ संचालन गर्ने भनि विद्यार्थीबाट रकम अशुल गरेको भन्दै पक्राउ परेका उनीहरुलाई अनुसन्धान पश्चात पुर्पक्षका लागि कारागार चलान गरीएको हो ।

जिल्ला अदालत अछामले शुक्रवार ठगी सम्बन्धी कसुर मुद्दाका दोषी उनीहरुलाई कारागार चलान गर्न आदेश दीएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ बस्ने गण्डकी मल्टिपल इन्स्टिच्युट अछामका निर्देशक दिपक बिष्ट भनिने नरेन्द्र बहादुर साउँद र निमित्त निर्देशक डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ कै करन साउदलाई थुनामा राखीएको हो ।
उनीहरु मध्ये निमित्त निर्देशक करन साउँदलाई २ लाख ५० हजार धरौटी माग भएकोमा धरौटी तिर्न नसकेपछि कारागार चलान गरीएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दीएको छ । यस्तै सोही मुद्धामा पक्राउ परेका अछामको चौरपाटी गाउँपालिका वडा नम्बर २ बस्ने लाल बहादुर साउद र एकिन्द्र थापा भने जनही २५ / २५ हजार धरौटी तिरेर तारेखमा छुटेका छन् । उनीहरुले गण्डकी मल्टिपल इन्स्टिच्यूट प्रा.लि. अछामको नाममा विज्ञापन खोली छोटो अवधिको ट्रेनिङ संचालन गर्ने भनि झुमा पाण्डे (शर्मा) को नाममा दर्ता भएको कम्पनी रजिस्टार कार्यालयको प्रमाणपत्र देखाई विद्यार्थीहरुबाट रकम अशुलेका थिए ।
सुरुमा १५ जना बिद्यार्थीहरुबाट प्रति बर्ष ७० हजार रुपैयाँ लिने गरी एक बर्षे कोर्षको लागि भर्ना गरेपनि पछि उनीहरुलाई बिचमै अलपत्र पारेको विद्यार्थीहरुले बताएका छन् । आफुहरुलाई अलपत्र पारी आर्थिक लाभ लिई ठगी गरी भागेको भन्दै १३ जना विद्यार्थीहरुले प्रहरीमा उजुरी दीएका थिए । विद्यार्थीहरुको जाहेरीको आधारमा प्रहरीले ठगीमा संलग्न ४ जनालाई डडेल्धुरा र काठमाण्डौंबाट पक्राउ गरेको थियो ।societysanchar bata