रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

चौरपाटी गाउँपालिकाद्धारा आर्थिक वर्षमा कृषि तथा पशु पालनलाई मुख्य प्राथमिकता

चौरपाटी गाउँपालिकाद्धारा आर्थिक वर्षमा कृषि तथा पशु पालनलाई मुख्य प्राथमिकता
296
SHARES
300
VIEWS
Share on FacebookShare on Twitter

साउन ४, अछाम

चौरपाटी गाउँपालिकाले चाँलु आर्थिक वर्ष ०७६/७७ नीति तथा कार्यक्रममा कृषि तथा पशु पालनलाई मुख्य प्राथमिकता दिएको छ । एक वडा एक सहकारी एक वडा एक उत्पादनको कार्यक्रमलाई प्राथमिकता दिएको छ । बढ्दो बेरोजगारी तथा जिविकोपार्जनमा देखिएका समस्याहरुलाई मध्यनजर गर्दै खासगरी यूवाहरुलाई लक्षित गरि उनिहरुका ब्यवसायमूलक सीपको विकास गर्न

उद्यमशिलता विकास कार्यक्रम, सहकारीका माध्यमबाट सस्तो ब्याजदरमा ऋण प्रवाहरु गरि बिभिन्न आयमूलक क्रियाकलाप मार्फत जिविकोपार्जमा सहज पुरयाउने उद्देश्यले कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष हर्क साउदले जानकारी दिनुभयो ।

युवाहरुको बढ्दो बिदेश मोहलाई मध्यनजर गरी व्यवसायिक उद्यमी, कृर्षि तथा पशु अनुदानको कार्यक्रम लागु गरिने अध्यक्ष साउदको भनाई रहेको छ । यस्तै पोषण तथा खाद्य अधिकारको सुनिश्चितता गर्न एक घर एक घरवारी बगैचा नीतिलाई पनि मुख्य प्राथमिकता दिइएको छ ।

आर्थिक समृद्धिका लागि कृषिमा लगानी भन्ने नीति लिदै गाँउपालिकामा कृषि उत्पादन हुने सम्भाव्यताको अध्ययन गरी सोहि अनुसारका कार्यक्रमहरु गरिने छ । स्थानीय स्तरमा बिरुवाहरु उत्पादन गर्नका लागि आधुनिक प्रविधियुक्त हाईटेक फलफूल नर्सरी स्थापनामा जोड दिईने गाउँपालिका उपाध्यक्ष माया कुँवरको भनाई रहेको छ ।

प्रत्येक वडाहरुलाई पशु स्रोत केन्द्रको रुपमा विकास गरि उन्नत डालेघाँस तथा भुई घाँसको उत्पादनलाई बृद्धि गरी पशुपालन लागत घटाउने र पशु नश्ल सुधारका लागि उन्नत राँगो, साडे तथा बोका वितरण गर्नुका साथै कृतिम गर्भाधानमा सेवा प्रारम्भ उपाध्यक्ष कुँवरको भनाई रहेको छ ।

कृषि तथा पशु क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नका लागि एक कृषि सहकारी मार्फत बजारीकरण गरिनुका साथै पशु बिमा तथा बाली बिमा कार्यक्रमलाई प्रचार प्रसार गरी प्रभावकारी उपयोग गर्ने वातावरण मिलाईने उपाध्यक्ष कुँवरको भनाई छ । कृषिमा आधारित उद्योगलाई उत्पादन तथा प्रसोधनका लागि निति बनाई अनुदानको व्यवस्थासँगै कृषि तथा पशु पन्छीजन्य प्राकृतिक तथा माहामरी रोगको नियन्त्रण गर्ने व्यवस्था गरिने गाउँपालिकाको भनाई रहेको छ ।

Radio Janapriya online bata

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal