तपेन्द्र कुवर साउन ५ अछाम
साँफेबगर नगरपालिका वडा नं १ बैजनाथ र वडा नं६ भाग्यश्वरमा पोषणमैत्रि स्थानीय शासन घोषण सयुक्त अनुगमन कार्यक्रम सप्पन्न भएको छ ।सयुक्त अनुगमन कार्यक्रममा बोल्दै सुदुरपशिम प्रदेश सभा सदस्य हर्कबहादुर कुवरले पोषणमैत्रि स्थानीय शासन घोषण कार्यक्रम घोषणा सिमित राख्न नहुने बताउनुभयो ।

बिगतमा सुरु भएका केहि अभियान पुर्ण रुपमा सफल नभएको बताउदै प्रदेश सभा सदस्य कुवरले पोषणमैत्रि स्थानीय शासन घोषणालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाले सामाजिक अभियानका क्षेत्रमा अघि बढ्ने स्थानीय सरकारलाई प्रदेश सरकारबाट सहयोग हुने बताउनुभयो ।
सयुक्त अनुगमन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सयोजक नर बहादुर कुँवरले सरकारले नै पोषणमैत्रि स्थानीय शासन कार्यक्रमलाई प्राथमिकता दिएका कारणले यो कार्यक्रमलाई सबैले मिलेर सहयोग गर्नु पर्न बताउनुभयो । उहाले पोषणमैत्रि स्थानीय शासन वडालाई दीर्घकालसम्म कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
साँफेबगर नगरपालिका वडा नं १ बैजनाथका अध्यक्ष अमर शाह र वडा नं६ भाग्यश्वरका अध्यक्ष प्रेमराज शर्माले पोषणमैत्रि स्थानीय शासन वडा घोषण गर्दा अवलम्बन गरेका प्रक्रिया बारेमा जानकारी गराउनुभको थियो । यस्तै सयुक्त अनुगमन कार्यक्रममा बोल्दै नगर प्रमुख कुल बहादुर कुँवरले नगरले सुरुवात गरेको अभियानले रास्ट्रलाई नै सन्देश दिएको दाबी गर्नुभयो ।
सयुक्त अनुगमन कार्यक्रममा नेपाल क्युनिष्ट पाटी नेकपाका जिल्ला कमिटी सदस्य शिलोज कुवर,नगर उपप्रख बिर्मला बुड्थापा, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ,तिन वटै सुरक्षा निकायका प्रमुख,नगरका प्रवक्ता बालगिरी कुवर,
कार्यपालिका सदस्य,बयलपाटा अस्पतालका मेडिकल डाईरेक्टर डा बिकास गौचन,यनिसेफका प्रतिनिधि,बहुक्षेत्रिय पोषण योजनाका अछाम,बाजुरा,डोटी बैतडी लगाएतको जिल्ला सयोजकको सहभागिता रहेको थियोे ।