साउन ६ अछाम
धनगढीबाट अछाम आउदै गरेको जिप डोटीमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार धनगढीबाट अछाम आउदै गरेको बा १९ च ५३७ नम्बरको जिप डोटीको पूर्वी चौकी गाउँपालिका ५, कुडीगाडामा सडकबाट खस्दा चालकसहित ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक मंगलसेन नगरपालिका–५ का ३१ वर्षीय फणीन्द्र उपाध्याय, कमलबजार नगरपालिका ९ का ३३ वर्षीय दीपक प्रसाद उपाध्याय, जयगड गाउँपालिका ६ का ३ वर्षीय रितेश ठकुल्ला, सोही ठाँउका ३० वर्षीय हरक ठकुल्ला, ३ वर्षका रोनिश ठकुल्ला, २७ वर्षीया दीपा ठकुल्ला, रामारोशन गाउँपालिका १ का
२३ वर्षीया रेजिना खनाल घाइते भएका हुन् । घाईते मध्ये हरक, रोनिश र दीपाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बलयपाटा अस्पतालमा ल्याईएको छ । जिप सडकबाट १ सय ५० मिटर तल खसेको सानागाउँ स्थित प्रहरी चौकीले जानकारी दिएको छ ।