साउन ७ अछाम
नेपाल कम्युनिस्ट पार्टी स्थापनाकालका महासचिव पुष्पलालको स्मृति दिवसको अवसरमा मंगलसेन नगरपालिका-४ को मष्टामाण्डौमा वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको २००६ सालमा स्थापना गर्ने पुष्पलालको सम्झनामा वृक्षारोपण सहित विभिन्न व्यक्तिहरूले मन्तव्य राखेका छन् ।

प्रदेश सांसद अक्कलबहादुर रावलले वर्गिय अन्तर िवरोहधहरू अन्त्य गर्न पुष्पलालका सपना पुरा गर्नैपर्ने भनाइ राख्नुभयो । देशविदेशका षड्यन्त्रलाई पार गरेर नेकपाले उत्कृष्ठ सिद्धान्तलाई अघि सारेर जानुपर्ने भनाई राख्नुभयो । उहाँले सबै क्षेत्रमा अावश्यकतका अाधारमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले पुष्पलालले २००६ सालमा निकै दुख गरेर कम्युनिस्ट पार्टी स्थापना गरेको भन्दै नेकपाको केन्द्रीय र स्थानीय तहका सरकारले जनताका पक्षमा काम गरिरहेको बताउनुभयो । अाफुपनि दुखगरी अाएको भन्दै प्रमुख बोहराले महिला, दलित, अल्पसंख्यक, अार्थिक अवस्था कमजोर भएको पक्षमा लडिरहने भनाई राख्नुभयो ।
नेकपा अछामका सचिव झपटबहादुर साउँदले पुष्पलालको कामको चर्चा गर्दै पार्टीलाई बलियो बनाएर लैजान सबैलाई अाग्रह गर्नुभयो । नेकपा पार्टी स्थापनामा वृक्षारोपणलाई विचारको स्थापित गर्न भएको उहाँको भनाइ थियो ।
मष्टामाण्डौ सामुदाियक वनमा भएको बृहत् वृक्षरोपणमा प्रदेश सांसद अककलबहादुर रावल र बलबहादुर सोडारी, जनप्रतिनिधि, नेकपाका नेता कार्यकर्ता, महिला र पुरूषगरि सयौ व्यक्तिहरूको उपस्थिति रहेको थियो । सोही वृक्षारोपण कार्यक्रममा भएको कोणसभाको सञ्चालन नेकपा अछामका सचिवालय सदस्य चन्द्र बोहराले गर्नुभएको थियो ।