चन्द्र भण्डारी अछाम
ढकारी गाउँपालिका वडानम्वर ४ दाउनमोरामा पहिरो जादा स्थानीयको घरखेत बगाएको छ । पहिरोका कारण स्थानीय गगन बहादुर साउदको घरमा क्षेति पुग्नुका साथै बिभिन्न ब्याक्तिको खेतबारी समेत बगाएको छ ।

पहिरोका कारण स्थानीय दान बहादुर साउद, हर्क साउद, लाल साउदको मकैबारीमा क्षती हुनुका साथै तपेन्द्र साउद, पदम साउद र एकेन्द्र साउदको खेत समेत बगाएको स्थानीय कमल बुढाले जानकारी दिनुभयो । पहिरोका कारण घरजग्गामा क्षती पुगेपछि स्थानीय त्रसित बनेका छन ।
कहिले असिना पानी त कहिले बाढिपहिरोले खेतिबारीमा क्षेति पु¥याउदा स्थानीय कृषकहरु निकै चिन्तीत भएको बुढाले जानकारी दिनुभयो ।