सुदूरपश्चिम सरकारले आज आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। प्रदेश प्रमुख मोहनराज मल्लको स्वास्थ्य अवस्थामा अझै सुधार भईरहेकाले मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भईरहेको छ। आज दिउसो ४ बजे बोलाईएको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ।
गत बर्ष प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रदेश सरकारले प्रोत्साहन गर्ने छ ।’ उल्लेख गरिएको थियो।

त्यस्तै नीति तथा कार्यक्रममा ‘एक गाउँ, एक स्वास्थ्य चौकी, एक स्थानीय तह एक अस्पतालको लागि नीतिगतरसंरचनागत प्रबन्धको थालनी गरिने र एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख गरिएको थियो।