रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

३ दिनदेखि अछाम सहित सुदूरपश्चिमका पहाडी जिल्ला अबरुद्ध विद्युत सुचारु

३ दिनदेखि अछाम सहित सुदूरपश्चिमका पहाडी जिल्ला अबरुद्ध विद्युत सुचारु

One lit bulb among unlit ones.

132
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

टेकराज भण्डारी, जेठ २०, अछाम
हावाहुरीका कारण रुख ढले विद्युत लाईन अबरुद्ध भएपछि ३ दिनदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा पूर्ण रुपमा अबरुद्ध भएको विद्युत आज बाट सुचारुभएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका क्षेत्रमा शनिवार दिउसो रुख ढलेपछि सुदरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको थियो ।

३ दिनदेखि विद्युत सेवा अबरुद्ध भएपछि सुदरुपश्चिमका अछाम, डोटी, बझाङ, बैतडी तथा डडेलधुरा जिल्लाका उपभोक्तालाई निकै सास्ती भएको छ । “हावाले रुख भाँचेर विद्युत अवरुद्ध भएको रहेछ” नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्राविधिक भुवनेश्वरी मुडभरीले भन्नुभयो – “अहिले डडेलधुरामा तार जोड्ने काम भैसकेको र अछाम लगायत अन्य जिल्लामा विद्युत सुचारुको पहल भैरहेको छ ।”
विद्युत सेवा अवरुद्ध भएपछि अछाम जिल्लाका विभिन्न सेवाग्राहीलाई समस्या भएको छ । सोमबार बैंकको काम प्रायः ठप्प रहेको छ । विद्युत सेवा अबरुद्ध भएको र ईन्टरनेट समेत नभएका कारण आफ्नो कारोबार प्रभावित भएको र सेवाग्राहीलाई सेवा प्रवाह गर्न नसकिएको बैंकका प्रबन्धकहरुले जनाएका छन् ।

अछाम सदरमुकाम मंगलसैनमा बाणिज्य, कृषि विकास, जनता, ईन्भेष्टमेन्ट, महालक्ष्मी लगायतका बैंक संचालनमा रहेका छन् । यस्तै ईलेक्ट्रोनिक पसल समेत प्रभावित छन् । विद्युत नहुँदा सेवा दिन नसकिएको पसल संचालकले बताएका छन् भने सोलारबाट फोटो, फोटोकपी सेवा लिनेले दोब्बर रकम तिर्नुपरेको छ ।

५ रुपैंँमा फोटोकपी हुनेमा सोलारबाट १० रुपैँया लिने गरेको सेवाग्राहीको भनाई छ । विद्युत अबरुद्ध भएपछि सबैभन्दा बढी मार स्थानीय संचार माध्यमलाई परेको छ । विद्युत ३ दिनदेखि पूर्ण रुपमा अबरुद्ध भएको र बैकल्पिक माध्ययम नहुँदा आफ्नो सेवा नै बन्द गर्नुपरेको एफएम संचालकहरुले बताएका छन् । मोबाईल चार्ज गर्न समेत नसकेर एक आपसमा समस्या भएको एक स्थानीय चन्द्रिका बुढथापाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal