शंकर थापा जेष्ठ २१ अछाम
सर्पको टोकाई बाट अछामको रामारोशनका एक युवकको ज्यान गएको छ । जिल्लाको रामरोशन गाउँपालिका वडा नम्वर ७ चाफागाउँका परे भण्डारीको सर्पको टोकाई बाट ज्यान गएको हो ।
भारतको उत्तर प्रदेशमा बस्तै आउनुभएका मृतक भण्डारी स्वरुमको चौकिदारको रुपमा काम गर्दै आउनुभएको थियो । उहाँको डिउटी मै रहेको बेला सर्पले टोकेको र कही समय पछि मृत्यु भएको मृतकका दाजु दान बहादुर भण्डारीले बताउनुभयो ।

अन्दाजी ३५ बर्षका भण्डारी मजदुरीका लागी केही बर्ष पहिले भारत जानुभएको थियो ।
मृतकको सब अहीले पोष्टमाटमका लागी अस्पतालमा राखीएको र आफन्तहरु आउन बाँकी रहेकाले लासको पोष्टमाटम हुने नसकेको आफन्त झपट बोहराले जानकारी दिनुभयो ।