२०७६ भदौ ६, कैलाली
कैलालीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा सर्पको टोकाइबाट वीहिबार ३२ वर्षिया रानिपुरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। वीहिबार भान्सामा खाना पकाउँदै गरेकी न्यौपानेलाई खुर्सानी झिक्ने क्रममा हातमा सर्पले डसेको थियो।

समयमै उपचार नपाउँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। उनी आफै उपचारका लागि सुख्खडमा रहेको अस्पताल पुगेमा बडैपुरमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पठाइएको थियो।
केन्द्रले पनि उनलाई सेती अस्पताल रेफर गरेको थियो। सेतीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। न्यौँपानेका पाँच सन्तान रहेका छन्।