शंकर थापा जेष्ठ २१ अछाम
बान्नीगढी जयगढ गाउँपालिकाका महिला,वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखको विदाई गरीएको छ । शाखा प्रमुख कल्पना ठकुल्लाको आज गाउँपालिकाले एक भव्य कार्यक्रमको आयोजना गरी विदाई गरेको हो ।
कर्मचारी समायोजन प्रक्रिया अनुशार शाखा प्रमुख ठकुल्ला जिल्लाको साफेबगर नगरपालिकामा समायोजन भएर सरुवा हुदा गाउँपालिकामा आज भव्य विदाई गरीएको हो ।

विदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले लामो समय सम्म गाउँपालिकामा रहेर सेवा गरेकोमा धन्यवाद दिनुभएको थियो । गाउँपालिकामा ईमान्दार र लगनशिल भएर काम गरेको भन्दै उहाँको प्रसंसा गर्नुभएको थियो ।
यसैबिच गाउँपालिका उपाध्यक्ष लोकन्द्र बहादुर साउँदले पनि गाउँपालिकामा निरन्तर रुपमा खटेर काम गरेको र सबैको मन जित्न सफल भएको भन्दै आगामि दिनको कार्यकालको शुभकामना दिनुभयो ।
विदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शैलेसराज ढुङ्गगाना,अध्यक्ष राजेन्द्र बहादुर खड्का,उपाध्यक्ष लोकेन्द्र बहादुर साउँद लगायत गाउँपालिका कर्मचारीहरुले फुलमाला र अबिर लगाएर बिदाई गरेका थिए ।