रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

आँखाका रोगीहरुका लागी २ दिने निशुल्क आँखा शिबिर बिनायकमा सुरु

आँखाका रोगीहरुका लागी २ दिने निशुल्क आँखा शिबिर बिनायकमा सुरु
75
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र भाट जेष्ठ २१ बिनायक

बिद्यामन्दीर नमुना माध्यामीक बिद्यालय बिनायकमा आँखाका रोगीहरुका लागी २ दिने निशुल्क आँखा शिबिर सुरु भएको छ । सुदूर पश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल तथा गेटा आँखा अस्पतालको आयोजनामा जेष्ठ २१ र २२ गते आँखा शिविर संचालन गरीएको हो ।

शिबिरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुको निःशुल्क अप्रेशन गरिनुको साथै निःशुल्क औषधि उपचार समेत गरिने बताईएको छ । चश्माको आवस्यकता भएका ५० वर्ष उमेर भन्दा माथिकालाई बिशेष छूटमा चश्मा उपलब्ध गरिएको आयोजकले जनाएको छ ।

शिबिरमा पञ्चदेवल बिनायक नगरपालीका,कमबलजार नगरपालीका,रामारोशन गाउपालीका,तुर्माखाँद गाउपालीकाका सेवा ग्राहीह्रुले सेवा लिरहेका छन । शिबिरको पहिलो दिन आज करीब ५ सय भन्दा बढिले सेवा लिएका छन । त्यसमध्ये ३३ जनाको सफल अप्रेसन गरीएको बताईएको छ भने १ सय जनालाई चश्मा बितरण गरीएको आयोजकले जनाएको छ ।

आफ्नै गाउ ठाउमा आएर सेवा प्रदान गरेकोमा स्थानियहरु हर्षित भएका छन । पञ्चदेवल बिनायक नगरपालीका वडा नः ३ का अध्यक्ष सुरेन्द्र कुमार शाहिको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा नगर प्रमुख देबराज देबकोटा प्रमुख अथिति रहनुभएको थियो ।

अन्य अथितिमा नेपाल कम्न्यूष्ट पार्टि (नेकपा) का सुदुरपश्चिम प्रदेश कमिटि सदस्य नन्द बः कडायत,नगरपालीकाका निमित्त प्रमुख लक्ष्मीकान्त बज्गाई,गेटा आँखा अस्पतालका डाः दिक्षा मल्ल,बिद्यामन्दीर नमुना माबिका प्राचार्य बर बः शाहि लगाएतका अतिथि रहनुभएको थियो । शिबिर उद्धघाटन कार्यक्रमको सञ्चालन पत्रकार महासँघ अछामका सह–सचिब तपेन्द्र बः धामीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal