लाल बहादुर चदारा
अछामको मेल्लेख गाउँपालिकामा बालविबाह न्युनिकरण अभियान तिब्र रुपमा अघी बढेको छ । पछिल्लो समय वालविबाहका घटनाहरु बढ्दै गए सगै न्युनिकरण अभियान तिब्र रुपमा अघी बढाईएको हो ।
गाउँपालिकामा गठीत वालक्लव,युवाक्लव र जनप्रतिनीधीहरु उक्त अभियानमा सक्रिय रुपमा लागी परेका छन । जस अन्र्तगत मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुस्कोटमा बाल बिबाह रोक्ने कार्यमा तिब्रता दीईएको हो ।

वडकार्यल बाल सजालको सक्रियतामा जेष्ठ १० गते भएको बाल बिबाह लाई तिनका दुबै पक्षका आफन्तहरु लाई बोलाई केटिको उमेर बिस बर्ष नपुग्दा सम्म अलग अलग राख्ने सहमति भएको छ ।
बाजुरा बढिगंगा नगर पालिकाका २१ बर्षका राकेश नेपाली र मेल्लेख कुस्कोटका १८ बर्ष्कि बसन्ति नेपालिको बालबिबाह रोकेको हो । केटाको उमेर पुगेको भएपनि केटिको उमेर नपुगे सम्म रोक्ने सहमति भयको छ ।