रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

मंगलसैन नगरपालिकाका ७ स्वास्थ्य संस्थाको सामाजिक परिक्षण कार्य सम्पन्न

जुपु स्वास्थ्य चौकीलाई अझै नमूना बनाईने सरोकारवालाको भनाई

मंगलसैन नगरपालिकाका ७ स्वास्थ्य संस्थाको सामाजिक परिक्षण कार्य सम्पन्न
150
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter

टेकराज भण्डारी, जेठ २३, जुपु, अछाम

स्वास्थ्य संस्थाबाट दिईने सेवाको प्रभावकारीताका लागि मंगलसैन नगरपालिकाका ७ वटा स्वास्थ्य चौकीमा सामाजिक परिक्षण कार्य सकिएको छ । मंगलसैन नगरपालिका स्वास्थ्य शाखाको सहयोग तथा सुदूर संचार समाज नेपालको सहजीकरणमा सामाजिक परिक्षण गरिएको हो ।

नगरका बस्ती, कालागाउँ, बान्नातोली, ओलिगाउँ, जनालीवण्डाली, कुन्तिबण्डाली र जुपु स्वास्थ्य चौकीको सामाजिक परिक्षण गरिएको छ । स्वास्थ्य चौकीको समग्र अवस्थाबारे सरोकारवालालाई जानकारी गराई आगामी दिनमा अझै प्रभावकारी सेवा प्रवाहका लागि सामाजिक परिक्षण गरिएको हो ।

आज मंगलसैन नगरपालिका वडा नम्बर ११ मा रहेको जुपु स्वास्थ्य चौकीको सामाजिक परिक्षणमा सरोकारवालाहरुले जुपु स्वास्थ्य चौकीलाई अझैँ नमूनायोग्य बनाउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष डबल सिंह भण्डारी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि रावलले जुपु स्वास्थ्य चौकी जिल्लाकै नमूना स्वास्थ्य चौकीका रुपमा अघि बढीरहेको भन्दै आगामी दिनमा स्वाथ्य चौकीका लागि आवश्यक सबैकार्य गर्न आफुहरु तत्पर रहेको बताउनु भयो । खानेपानीको समस्या रहेको गुनासोमा उहाँले आगामी आर्थिक बर्षबाट यसको समाधानका लागि पहल गर्ने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष डबलसिंह भण्डारीले पनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वडा नम्बर ११ मा स्वास्थ्य चौकीको खानेपानीका लागि योजना छनौट गरेको र आगामी आर्थिक बर्षको सुरुवातमा नै समस्या समाधान हुने प्रतिबद्धता जनाउनु भयो । साथै केही औषधि नगरपालिकाबाट प्राप्त नहुँदा सेवाग्राहीले नपाएको गुनासोमा निरन्तर औषधि आपूर्तिका लागि नगरपालिकामा आवाज उठाउने बताउनुु भयो ।

स्वास्थ्य चौकी ईन्चार्ज बिष्णु थापाले स्वास्थ्य चौकीको समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । आफ्नो कार्यक्षेत्रका सबै बालबालिका, गर्भवति महिला, लक्षित समुदायलाई खोप, गर्भपरिक्षण, स्वास्थ्य सेवा लगायतका काम पूर्ण रुपमा निरन्तर प्रदान भैरहेका भन्दै आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा लागि आफ्नो टिम तत्पर रहेकोमा जोड दिनुभयो ।

करिब ८ प्रकारका औषधि बर्षभरी २० देखि ४० दिनसम्म शुन्य मौज्दाद रहेको भन्दै नगरपालिकाबाट निरन्तर औषधि आपूर्तिका लागि माग गरिरहेको बताउनु भयो । कार्यक्रममा मंगलासैनी आधारभूत विद्यालयका प्रधानाध्यापक टंक प्रसाद तिमिल्सैना, वडा सदस्य गणेश रावल, टोल विकास संस्थाका मिलन रावल,

आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, युवा, महिला लगायतले सुझाव तथा अनुभव राखेका थिए । आगामी आर्थिक बर्षका लागि कार्ययोजना समेत तयार गरिएको छ । सुदूरसंचार समाजका कृष्ण बहादुर बुढाले सहजीकरण गर्नुभएको कार्यक्रमको संचालन अहेब भरतराज जोशीले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal