चौरपाटी गाउँ पालिकाको भौतिक पुर्बाधारको बिकासलाइ गुणस्तरीय बनाउनका लागि अनुगमनको कार्यलाइ तिब्रता दिएको छ । चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलको बैजनाथा माध्यमिक बिधालयमा निर्माण भैरहेको ६ कोठा भवनको निर्वाचन क्षेत्र बिकासको ५० लाखको लगानीमा निर्माण हुन लागेको हो ।
अनुगमनको क्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले हरेक तहमा निर्माण भएका भौतिक संरचनाको गुणस्तर कायम गर्न गाउँ पालिकाले कुनै कसर बाकी नराख्ने बताउनु भयो । बैजनाथ माध्यमिक बिधालयको शैक्षिक भौगोतिक पुर्बाधारका बिकास लागएतका बारेमा जानकारी लिनु भएको थियोे ।
बिधालयका प्रधानाध्यापक शम्भु कुवरले आगामी बर्ष गर्नु पर्ने काम र शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियोे । अनुगमन टोलिमा गाउँ पालिका अध्यक्ष हर्कबहादुर साउद इन्जिनियर लोकेन्द्र रावल प्रेस सल्लाहकार राजेन्द्र कुवर लागएतको सहभागिता रहेको थियोे ।