देबेन्द्र थापा दर्ना अछाम
मन्दीर निर्माणको लागी खेमराज ओझाले १ रोपनि जग्गा दान गर्नुभएको छ । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्ना तोल्यान स्थीत ओझाले १ रोपनि जग्गा दान गर्नुभएको हो ।
तोल्यानको सिमलखाँडमा राधा कृष्ण मन्दरी निर्माणको लागी भन्दै जग्गाको आवश्यक परेको बेला उहाँले जग्गाउपलब्ध गराउनुभएको हो ।

आप्नो पिर्तृ उद्धार तथा आमा, बुबा, घर परिवारको लागी ओझाले महायज्ञ देखी होम कुण्ड सम्मको करीब १ रोपनी जग्गा दान गर्नुभएको बताईएको छ ।
स्थानिय युवा ओझाले जग्गा उपलब्ध गराउनु भन्दा पहिले उक्त स्थानमा महायग्य सञ्चालन गरीएको थियो । महाँयग्यमा बाँकी रहेको रुपयाँ लगानि गरेर राधाकृष्ण मन्दीर निर्माण गर्न लागीएको छ ।
अहीले मन्दीर निर्माणको लागी तोल्यानका स्थानिय युवा तथा सबै अगुवाहरु सक्रिय रुपमा लागी परेका छन ।