खेमराज ओझा दर्ना अछाम
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्ना सिमलखाँड बह्मस्थान निवासी ओझा परिवार द्धारा बैशाख १० गते देखी १६ गते सम्म सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महाँयग्य एवम पितृमोक्षरत धार्मिक कार्यक्रमको आयव्याय सार्बजनिक गरीएको छ ।

कार्यसमितीका अध्यक्ष दाताराम उपाध्याय ओझा र पुजा मुल समितीका संयोजक तारा प्रशाद उपाध्याय ओझाको अध्यक्षतामा बैठक बसी आयव्याय सार्बजनिक गरीएको हो ।
श्रीमत्भागवत सप्ताह ज्ञान महाँयग्य एवम पितृमोक्षरत धार्मिक कार्यक्रमको कुल आय ६ लाख८२ हजार ४ सय ३७ रहेको थियो । भने कुल व्याय ४ लाख १६ हजार १ सय ४० रुपयाँ रहेको छ ।
२ लाख ६६ हजार २ सय ९७ रुपयाँ टिकापुर स्थीत नव निर्माण बचत तथा ऋण सहकारी संस्थामा बचत रहेको समितीका कोषध्यक्ष बाल कृष्ण ओझाले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रमको सञ्चालन कार्यसमितीका सचिव गणेश ओझाले गर्नुभएको थियो ।
बाँकी रहेको रुपयाँ मन्दीर निर्माणमा लागाउने बताईएको छ । महाँयग्य सञ्चालन भएको स्थानमा राधा कृष्णको मन्दीर निर्माण गरीने भएको हो । मन्दीर निर्माणको लागी आवश्यक पर्ने जग्गा स्थानिय युवा खेमराज ओझाले दान गर्नुभएको छ ।
आप्नो पिर्तृ उद्धार तथा आमा, बुबा, घर परिवारको लागी ओझाले महायज्ञ देखी होम कुण्ड सम्मको करीब १ रोपनी जग्गा दान गर्नुभएको हो । महाँयग्य सञ्चालन भएको ठाउँमा मन्दीर निर्माण गर्नुपर्ने भएकाले ओझाले महाँयग्य भएको बेला जग्गा दान गर्ने घोषण गर्नुभएको थियो ।