लाल बहादुर चदारा मेल्लेख अछाम
अछामको मेल्लेख गाउँपालिकामा आज बाट २ दिने आँखा सिबीर सुरु भएको छ । आँखाका बिरामीहरु लाई गाउँ घरमै उपचार सेवा दिने उदेश्यले सिबीरको आयोजना गरीएको छ । जारि दुई दिने आखा सबिरमा पहिलो दिन ४ सय ३६ जनाले सेवा लिएका छन । जसमा ४३ जनाको अखाको अपरेसन पनि गरीएको छ ।

भने ८ जनालाई बाहीरको अस्पतालमा उपचारको लागी छनोट गरिएको र ८० जना भन्दा बढि लाई चस्मा बितरण गरीएको हो । नेपाल नेत्र जोति संघ गेटा अाँखा अस्पतालको प्राबिधिक सहयोग र डिप्रोक्स लघुबित्त बितिय सस्थाको आर्थिक सहयो तथा मेल्लेख गाउपालिकाको आयोजनामा सिबिरको आयोजना गरीएको हो ।
गाउँमै यसरी निसुल्क सिबिर बाट सेवा लिन पाएपछि निकै हर्सित भएका छन । गाउँमै सिबिरको आयोजना गरेको भन्दै स्थानिय सरकारको जयजयकार गरेका छन । आखा सिबिर गाउँमा सेवा दिने उदेश्यका सिबिर संचालन गरिएको मेल्लेख स्वास्थ्य शाखा सयोजक हिक्मत बढाले बताउनु भयो ।
मेल्लेख गाउपालिकाले स्थानीय बासिको समस्या लाई मध्य नजर गर्दै बिभिन्न सिबिर हरु यसअघि आयोजना गरिसकेको मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहाराले बताउनु भयो ।
उहाँले सबै स्थानिय जनताहरुका समस्याहरु लाई मध्यनजर गर्दै अन्य सिबिरको आयोजना समेत गरीने बताउनुभयो । सबिर सनिबार पनि सञ्चालन गरीने आयोजकले जनाएको छ ।