होस साउँद २५ जेठ अछाम
नमूना युवा संसद संचालन कार्यक्रम मंगलसैनमा सम्पन्न भएको छ । मंगलसैन नगरपालिकाका सबै १४ वटै वडाका युवा प्रतिनिधिहरुको सक्रिय सहभागितामा सञ्चालन भएको नमूना युवा संसदमा युवाका समस्या, सवाल र आवस्यकता तथा नेतृत्व र क्षमता विकासका सन्र्दभमा संसदिय अभ्याँस मार्फत छलफल भएको थियो ।

मंगलसैन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजाल अछामको प्राविधिक सहयोगमा सञ्चालन भएको युवा संसदमा सहभागि युवा साँसदहरुले मंगलसैन नगरपालिकामा युवाका लागि गरिनुपर्ने काम कार्य र हालको अवस्थाका विषयमा जोडदार रुपमा सवाल उठाएका थिए ।
जिल्ला युवा संजाल अछामका अध्यक्ष होम साउदको अध्यक्षतामा भएको युवा संसद सञ्चालन पछिको समापन कार्यक्रममा मंगलसैन नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख उपाध्यायले युवाहरुले संसदिय अभ्याँस मार्फत युवाका सवाल उठान गदै समग्र नगरको समृद्धिका लागि नमूना युवा संसद प्रभावकारी भएको बताँउनुभयो ।
स्थानीय स्तरमा यस्तो नमूना अभ्याँस क्षमता विकास, ब्याक्तित्व विकास र नेतृत्व विकासका विकासका लागि प्रभावकारी हुनेमा नगर उपप्रमुख उपाध्यायको जोड थियो । आगामि आर्थिक वर्षमा यस्ता कार्यक्रम सञ्चालन गर्नका लागि र बढी भन्दा बढी युवा सहभागिताका लागि नगरबाट आवस्यक पहल गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो ।
कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी ढुंगाना, वडानम्वर ३ का अध्यक्ष पदम सिंह भाट, अछाम क्याम्पसका सहायक क्याम्पस प्रमुख धु्रव कुमार शाही, नागरिक समाज अछामका अध्यक्ष शंकर रावलले सुझाव मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा मंगलसैन नगरपालिकाका नायव सुब्बा खकेन्द्रप्रसाद उपाध्याय, सूचना प्रविधि अधिकृत पौरख बोगटी, शिक्षक धनकुमार केसी लगायतले अवलोकन गर्नुभएको थियो । युवा संसदमा युवा, प्रमिला ढुंगानाले युवा सभामुख, राकेश रावलले युवा उपसभामुख र युवा जगत भण्डारीले युवा सरकारको मन्त्रीको भूमिका निभाउनुभएको थियो भने अन्य युवाहरुले युवा साँसदका रुपमा आफ्ना कुरा राख्नुभएको थियो ।
युवा संसदबाट सुदूरपश्चिम प्रदेश स्तरको युवा संसदमा सहभागिताका लागि प्रमला ढुंगाना र जगत भण्डारीलाई धनगढी पठाउँने गरि छनौट गरिएको छ । युवा संसद सञ्चालन पछिको समापन समारोहको सञ्चालन मंगलसैन नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बृकेश बोगटीले गर्नुभएको थियो ।