नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले नेपाली काँग्रेससंग डराएर कम्यूनिष्टहरुले पार्टी एकता गरेको बताँउनुभएको छ ।
अछामको रामारोसन गाउँपालिकाको मुजाबगरमा भएको काँग्रेसको बिशाल आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले काँग्रेस बलियो पार्टी भएको काणले मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताँउनुभएको हो ।

नेपाली काङ्ग्रेस जनताको पार्टी भएको उल्लेख गर्दै पूर्व स्वास्थयमन्त्री समेत रहनुभएका नेता थापाले अब जनताहरुले काँग्रेसलाई नै साथ दिने बताँउदै नेता कार्यकर्तालाई नआत्तिन अनुरोध गर्नुभयो ।
वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केहि गर्न नसकेको आरोप लगाँउदै नेता थापाले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गर्नुभयो ।
युवाहरूलाई बिदेशीनबाट रोक्न ठुला उद्योग र कलकारखाना खोलिनु पर्नेमा काँग्रेस नेता थापाको जोड थियो । नेपाली काँग्रेस रामारोसन गाउँपालिका सभापति केश बहादुर बटालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका बिभिन्न तहका नेताहरु अतिथीको रुपमा रहनुभएको थियो ।
आमसभामा काँग्रेस नेता चन्द्र बि क ले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन पुस्प बिष्टले गर्नुभएको थियोे ।