राजेन्द्र कुवँर चौरपाटि
चैरपाटि गाउँपालिका वडा नम्वर ४ पायल लाई अनिवार्य तथा आधारभुत शिक्षा वडा घोषणा गरीएको छ । वालबालिका लाई विद्यालय ल्याउँ टिकाउ र सिकाउँ भन्ने मुल नाराका साथ आज एक भव्य कार्यक्रमका बिच अनिवार्य तथा आधारभुत शिक्षा वडा घोषणा गरीएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले हरेक बालबालिकाको पिहँच शिक्षामा सजिलै पुगाउन आफु र स्थानयि सरकार तयार रहेको बताउनुभयो । अबको शिक्षा जिवन उपयोगी भई हरेक नागरीक लाई प्राविधिक तथा सिपमुलक शिक्षा हुनेैमा जोड दिनुभयो ।
गाउँपालिकामा प्राविधिक र सिपमुलक शिक्षा स्थापनाको लागी गाउँपालिकाले पहल गर्ने बताउनुभयो । चौरपाटि गाउँपालिका वडा नम्वर ४ पायलका अध्यक्ष हर्क लुहारको अध्यक्षतामा भएको घोषणा कार्यक्रमको बारेमा शिक्षा शाखा प्रमुख तक्ष बहादुर शाहले प्रकाश पार्नुभएको थियो ।
सामाजिक परिचालक नन्दसिहँ लुहारले कार्यक्रमको सञ्चालन गर्नुभएको कार्यक्रममा वा सदस्य सुरत कुवँरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा शिक्षा क्षेत्र संग सरोकार राख्ने सरोकारवालाहरुको सहभागीता रहेको थियो ।