देबेन्द्र थापा दर्ना अछाम
बान्नीगढी जयगढ गाउँपालिकना वडा नम्वर ६ दर्नाको पन्सालीमा गठीत शुवासिल बाल क्लब सम्मानित भएको छ । वडा कार्यलय दर्नाले एक भव्य कार्यक्रमको आयोजना गरी बालक्लब लाई सम्मान गरेको हो । क्लवले समाजमा रहेर बिभिन्न रचनात्मक काम गरेर नमुना क्लव बन्न सफल भएको भन्दै वडा कार्यलयले सम्मान गरेको बताईएको छ ।

बालक्लबले समाजमा जरा गाडेर बसेका कुरीती कु संस्कारका बिरुद्ध आवाज उठाईरहेका छन । क्लवले जाड रक्सी जुवा तास व्यवस्थापन र दुईवटा बालबिवाह रोकेको भन्दै सम्मान सहित पुरूस्कृत गरीएको थियो । एक भव्य कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण बहादुर कडायतले क्लवका पदाधिकारीहरु लाई सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा बाल्दै वडा अध्यक्ष कडायतले क्लवको उच्च प्रसंसा गर्नुभयो । क्लवले वडामा गरेका उदारहणीय कामहरुको अन्य क्लवहरुले पनि सिको गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले आगामि दिनमा वालवालिकाको क्षेत्रमा उचित बजेटको व्यावस्था गरीने जानकारी गराउनुभयो ।
अहिले क्लवले कसैको मडर धम्की नमानि जरा गाडेर बसके छाउ प्रथा हटाउने अभियान तिब्र रुपमा अगाडी बढाएको क्लवले जनाएको छ । अहिले टोलका सबै छाउगोठहरु भत्काईएका छन । अन्य अभियान पनि तिब्र रुपमा अगाडी बढाएको क्लवले जनाएको छ ।