बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलासमा पाल काट्ने क्रममा रुखबाट लडेर मृत्यु एक जनाको मृत्यु भएको छ ।
६५ बर्षिया जोग बहादुर सिंह आईतबार विहान गाउँ नजीकैको जंगल चौड्यान दागाड्या खोलामा पशु चौपायाका लागि पाल काट्न गएका थिए । आईतबार विहान पाल काट्न गएका सिहँ साँझ सम्म घर नफर्कीए पछि सोमबार विहान खोजी गर्दै जाँदा सिंह मृत अवस्थामा फेला पारेको स्थानीय भुवन सिंह बताए । पाल काट्ने क्रममा रुख नै ढलेर उनको टाउकोमा लागेर उनको मृत्यु भएको हुनसक्ने देखिएको छ ।

मृतक सिंहका ३ छोरा र श्रीमती छन् । मंगलबार विहान उनको दाहसंस्कार गरिएको छ ।