सुशील भण्डारी
अछाममा चिरपटले हानेर छोराले आफ्नै बुवाको हत्या गरेकाछन ।

जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्सिय निने ढोलिलाइ उनकै सहोदर जेठो छोरा प्रेम ढोलिले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन ।
हिजो राती ११ बजे चिरपटले बुबाको गर्धनमा हाने पछि ढोलिको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक ढोलिलाइ पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ ।
हत्या गर्ने प्रेम ढोलिलाइ प्रहरीले नियन्त्रणमा लिसकेको प्रहरी जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए।