टेकराज भण्डारी, जेठ ३०, अछाम
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाहरुले गर्न चाहने हरेक कार्यमा राष्ट्रिय युवा परिषद र नेपाल सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अछाम सदरमुकाम मंगलसैनमा संचारकर्मीसंग कुरा गर्दै राष्ट्रिय युवा परिषदले युवाहरुलाई उद्यमशील र स्वरोजगार बन्नका लागि प्राथमिकता साथ काम गरीरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो । आफ्ना प्रमुख ५ कार्यक्षेत्र गुणस्तरीय शिक्षा र यसको व्यवसायीकता, युवा उद्यमशीलता रोजगारी र सीपविकास, युवा नेतृत्वविकास सहभागिता र परिचालन, युवा स्वास्थ्य सामाजिक सुरक्षा तथा युवाका लागि खेलकुद र मनोरञ्जनमा काम गरिरहेको बताउनु भयो ।

आवाज १
अहिले विदेश जाने युवाको संख्यामा कमी आएको भन्दै आफ्नै गाउँठाउँमा युवाहरुले रमाउनुपर्ने बताउनुभयो । गाउँको जमिन बाँझै छोडेर विदेश जाने तथा बसाई सरी तराई झर्नुपर्ने अवस्था अब नरहेको भन्दै आफ्नै गाउँमा रमाएर उत्पादनशील क्षेत्रमा लाग्न उहाँले आग्रह गर्नुभयो । युवा परिषदले आउँदो कात्तिक महिनामा अन्तर्राष्ट्रिय युवा बैज्ञानिक सम्मेलन गरी विश्वभरीबाट युवालाई बोलाई आफ्नो मातृभूमिप्रति सेवाभाव जगाउने काम गर्न लागेको ढुंगेलले बताउनुभयो ।
आवाज २
सीमित श्रोत र साधानका वीच युवा परिषदले काम गरिरहेको ढुंगेलको भनाई छ । उपलब्ध श्रोत साधनको उचित प्रयोग गरी तीन गुणा प्रतिफल हुने गरी काम गरिरहेको उहाँले दाबी गर्नुभयो । “श्रोत साधनको कमीका कारण सोचेजस्तो काम गर्न सकेका छैनौँ, तर दिईएको श्रोतको प्रयोग गरी ३ गुणा प्रतिफल आउने गरी काम गरेका छौँ ।” ढुंगेलको भनाई छ ।
पहिले ७५ वटै जिल्लामा युवा परिषदका कार्यालय रहेका र देश संघीयतामा गएसंगै यसको संरचनामा परिवर्तन हुने भएकाले त्यसको तयारी भैरहेको उहाँले जानकारी गराउनु भयो । अहिले स्थानीय तह श्रोत साधन सम्पन्न रहेका भन्दै युवाले आफ्नो भूमिका खोजी अघि बढ्नुपर्ने र स्थानीय तहले पनि युवासंग बढीभन्दा बढी हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।