शंकर थापा अछाम
बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आधुनिक शिक्षा संगै कम्प्युटर शिक्षा पनि महत्वपुर्ण भएको बताउनुभएको छ । पछिल्लो समय आधुनिक शिक्षाको बिकास भए संगै कम्प्युटर शिक्षाको महत्व पनि उत्तिकै रहेको बताउनुभएको हो ।

आज बाट बान्नीगढी जयगढ गाउँपालिकाममा सुरुभएको ३ महिने आधारभुत कम्प्युटर तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्प्युटर तालीम सिकेर भबिस्यमा उद्यमी बन्न सक्ने उदाहारण दिदै सबै सहभागीहरु लाई आप्नो व्याबाहरमा लागु गर्न आग्रगर्नुभयो ।
गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्को अध्यक्षतामा सुरुभएको कार्यक्रम अध्यक्ष स्वरोजगार कार्यक्रम अन्र्तगत कम्प्युटर कलासको आयोजना गरीएको हो ।
तालिममा गाउँपालिकाका ६ वडा भित्रका १५ जना प्रशिक्षार्थिहरुको सभागीता रहेको थियो । कार्यक्रमको बारेमा अध्यक्ष स्वरोजगार कार्यक्रमका संयोजक तथा प्रशिक्षक पदम शाहले जानकारी गराउनुभएको थियो । कार्यक्रमको संञ्चालन तालिमका व्यावस्थापक नवराज खत्रिले गर्नुभएको थियो ।