जेठ ३१,अछाम
साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौको तेस्रो वडा सभाको नगर प्रमुख कुल बहादुर कुवँरले उद्घघाटन गर्नु भएको छ । वडा अध्यक्ष वालगिरी कुवँरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुल बहादुर कुवँर रहनु भएको थियो । नगर प्रमुख कुँवरले चुनावताका समयमा गरेका वाचा पूरा हुँदै गएको दावि गर्नु भयो ।

उहाँले आफु चनिर्वाचनको समयमा जनतालाई दिएका आश्वशन र जनताका आवश्यकता अनुसार विकास निर्माणका कार्य भईरहेको दावि गर्नु भयो । नगर प्रमुख कुवँरले वडा नं ४ मष्टामाण्डौको विकासका लागि गत आर्थिक बर्षमा नगरवाट १ करोड १४ लाख वजेट पारेको भन्दै यो आर्थिक बर्षमा पनि वडा नं ४ लाई मुख्य प्राथमिकता राख्ने धारणा ब्यक्त गर्नु भयो ।
नगर प्रमुख कुवँरले वडा तथा समुदायमा आएका योजनाहरुलाई जनताले पनि पार्द्शिरुपमा काम गर्नु पर्ने भन्दै उपभोक्तालाई समुदायले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले योजना पार्द्शिता नभए छलफलका माध्यामबाट र सम्बन्धि निकायमा खबर गर्न हुन समेत अनुरोध गर्नु भयो ।
वडा सभामा वोल्ने अधिकाशं बक्ताहरुले वडाले जनताका आवश्यकता अनुसार ठुला योजनालाई प्राथमिकता दिनु पर्नु पर्नेमा जोड दिनु भयो । आर्थिक बर्ष २०७५/०७६ को वडाको ४१ लाख र नगरपालिकाबाट भए गरेका योजना निर्माण तथा क्रियाकलाप र आर्थिक बर्ष २०७६/०७७ को वडा सभामा ५४ लाखमा वरावरको पुजिगत तर्फ सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार , वातारण विपद र संस्थागत तथा सेवा विकासका नीति तथा कार्यक्रम वडा अध्यक्ष वालगिरी कुवँरले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सुदुरपश्चिम वन महाँसंघ अध्यक्ष देव बहादुर कुँवर नेकपाका नेता शिव बहादुर कुवँर शिलोज, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सुरत बहादुर कुवँर, नेकपाका नेता पशुपती कुवँर, नेपाल भारत प्रवासका केन्द्रीय सदस्य भीम बहादुर भण्डारी, प्रेस यूनियन केन्द्रीय सदस्य राम बहादुर कुँवर, नेपाली काँग्रेस वडा सभापति नवराज बुढा, वडा दलित सञ्जालका अध्यक्ष जानकि लुहार,सबै टोल विकास संस्थाका अध्यक्ष तर्फबाट रुप बहादुर वुढा लगायतले मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तब्य वडा सदस्य भगवती कुवँर कार्यक्रमको सञ्चालन वडा सदस्य राजेन्द्र कोलीले गर्नु भएको थियो । Radio Janaparya bata copy