शंकर थापा अछाम
बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले गाउँपालिकाले गुणस्तरीय शिक्षाको लागी सबै प्रतिबद्ध हुने खालको निती ल्याउन लागेको बताउनुभएको छ । सरस्वती माद्यामिक विद्यालय जयगढको आयोजनामा भएको अबिभावक भेलामा बिशिष्ट अतिथिको आसन बाट बोल्दै उहाँले सो कुराको जानकारी गराउनुभएको हो ।

गुणस्तरीय तथा सिपमुलक शिक्षाको लागी सबै एकजुठ भएर लागेमात्र सम्भव हुनेभएकाले हातेमालोको आवश्यक्ता औल्याउँनुभयो । गाउँपालिकाले गाउँपालिका भित्रका सबै विद्यालय लाई नमुना बनाउने निति बनाएकाले उक्त निति लाई कार्यन्वयन गरी छाड्ने उहाँको अडान थियो ।
विद्यालयमा आवश्यक भौतिक संरचना,खानेपानि लगायतका बिभित समस्याहरुको समाधानको लागी गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । आगामी दिनहरुका आधुनिक खालको शिक्षामा जोड दीईने बताउदै उहाँले गाउँपालिकाले यो अठोट लीएको कुरा उल्लखे गर्नुभयो ।
साथै आफैमा सन्तुष्टी हुने खालको शिक्षा कसरी ल्याउने भन्ने बिषयमा गाउँपालिका गम्भरी भएर लागेको बताउनुभयो । आफुले समग्र विद्यालयको बिकासका लागी स्थानिय,केन्द्र र संघिय सरकार संग बिशेष पहल गर्दै आएको बताउनुभयो । समग्र गुणस्तरीय शिक्षाको लागी पनि आफु प्रतिबद्ध रहने बताउनुभयो ।