साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले सीप सिकेर ब्यवसायी बन्नु पर्नेमा जोड दिन भयो । आज साँफेबगरमा व्यवसायिक तथा उद्यमी सीप तथा सेनेटरी प्याड निर्माण तालिमको समापन कार्यक्रममा वोल्दै नगर प्रमुख कुवँरले तालिममा सिकेका सीप व्यवहारमा परिवर्तन गरी व्यवसायी बन्नु पर्ने बताउनु भयो ।
उहाँले सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम लिएका व्यक्तिले सकभर व्यवसाय नभए आफ्नो लागि भए पनि प्याड निर्माण गरि प्रयोग गर्न सकिने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा साँफेबगर नगरपालिका प्रबक्ता वालगिरी कुवँर, नगरकार्यपालिका सदस्य जीत बहादुर निसानी, गैरसरकारी संस्था महासंघ अछामका सह सचिव ढकेन्द्र कुवँर लगायतको सहभागिता रहेको थियो ।
मनकामना टेडिङ एण्ड स्कुल डेप्लोमेन्ट ईञ्चुचिट प्रालिको आयोजनामा १५ दिने सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सञ्चालन भएको थियो ।
तालिम साँफेबगर नगरका २५ जना किशोरीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन करिश्मा दासले गर्नु भएको थियो ।