राजेन्द्र कुवँर चौरपाटि
वाक नेपाल युवा सशक्तीकरण (बुलगारी) परियोजना अन्तरगत गरिएका विभिन्न कार्यक्रमको अनुगमन सप्पन्न भएको छ । चौरपाटी गाउँ पालिका वडा नम्बर १ को सिउडीमा खाजा पसल र सिलाइ कटाइ तालिम वडा नम्बर ६ दुनिमा मोबाइल मर्मत पसल र फर्निचर वडा नम्बर ७ मार्कुमा खाजा पसल , इलोक्ट्र्निक, कुखुराको दाना उत्पादन र सहकारीको अनुगमन गरेको थियोे ।

चौरपाटी गाउँ पालिका र वाक नेपालको साझेदारीमा संचालन गरिएको परियोजना अन्तरगत सिलाइ कटाइ तालिम १६ जना मिठाई नास्ता तालीम १४ जना कुखुरा पालन तालीम २० जना बाख्रापालन तालिम २४ जना तरकारी खेती १४ जना मोबाइल मर्मत ३ जना मोटरसाइकल मर्मत ३ जना शैलुन सम्बन्ध १ जना गरि जम्मा ९५ जनाले तालिम लिएर ब्यबसाय सुरु गरेका छन ।
अनुगमनको समिक्षामा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले गाउँ पालिकामा रहेका युवा जनशक्तिलाई विभिन्न सिपमुलक तालिम को माध्यमबाट स्वरोजगार बनाउदै लैजाने अभियानमा गाउँ पालिका लागि परेको बताउनु भयो ।
गाउँ पालिकाका नेतृत्वमा गएको अनुगमनमा उपाध्यक्ष माया कुवर ७ वटै वडाका वडा अध्यक्ष सेभ द चिल्ड्रेनका प्रतिमा कुवर लगाएत कर्मचारीको सहभागिता रहेको थियोे ।