शंकर थापा असाढ ८ अछाम

चौरपाटी गाउँपालिका वडा नम्वर १ को सिउडी माद्यामिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु लाई शैक्षिक वृति सहयोग गरिएको छ ।
आज एक कार्यक्रमका बिच सम्मपुर्ण सरोकारवाल शिक्षक, विद्यार्थिहरुको सहभागीतामा सहयोग हस्तानतरण गरीएको हो ।
वाक नेपाल र सेभ द चिल्ड्रेन द्वारा संचालित युवा सशक्तीकरण बुलगेरी परियोजनाले विद्यालयमा अध्यनरत विद्यार्थिहरु लाई पहिलो किस्ता बाफत ६ जना जोखिममा रहेका बिद्यार्थी लाई ६ हजारका दरले शैक्षिक वृति सहयोग गरिएको छ ।
विद्यालय व्यावस्थापन समितीका अध्यक्ष टेक बहादुर थापाको अभ्यक्षतामा भएको वितरण कार्यक्रममा गाउँपालिका प्रशासकिय अधिकृत धन बहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथिको आसन बाट प्रशासकीय अधिकृत थापाले संस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु लाई सहयोगको काम एकदमै सह्रायिन भएको भन्दै प्रसंसा गर्नुभएको थियो ।
आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु ल्याएर बिपन्न परिवारका वालवालिका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु लाई सहयोग गर्नुपर्ने बताउनुभयाने ।
साथै उहाँले संस्था संग गाउँपालिका सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य गरेर काम गर्न तयार रहेको जानकारी गाराउनुभयो ।
संस्थाले सहयोग स्वरुप १० हजार दिने निणर्य भएसंगै धुब्र शाह,पार्बती थापा,सत्य शाह अनिस साउद मुकेश साउद डम्मरा साउँद लाई पहिलके किस्ता बाफत ६ हजार पाउने गरी रकम हस्तानतरण गरीएको हो ।
बाँकी रहेको ४ हजार रकम अर्को किस्तामा बितरण गरीने वाक नेपाल युवा सशक्तीकरण बुलगेरी परियोजनाका टेकेन्द्र परियारले जानकारी दिनुभयो । सहयोग रहकम बितरण कार्यक्रममा वडा नम्वर ३ का वडा अध्यक्ष शालीभान साउद, विद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी र अभिभाबकको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष र प्रधानाध्यापक बाट बितरण गरिएको थियो । सगरमाथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वाक नेपाल र सेभ द चिल्ड्रेन द्वारा संचालित युवा सशक्तीकरण बुलगेरी परियोजनाको आर्थिक सहयोगमा रकम हस्तान्तरण गरीएको हो ।