रामारोसन ८, चन्द्र भण्डारी
रामारोसन गाउँपालिका वडा नम्वर ७ सुतारमा बाल अधिकार र बाल मैत्री स्थानीय शासन सम्बन्धि ६ दिने तालिमको उदघाटन गरीएको छ । बालबालिका लाइ बालअधिकार र बालसहभागिता ,बालबिवाह न्यूनीकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

समाज सुधार बाल संजालका अध्यक्ष गायत्री भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष खडक बहादुर भण्डारी रहनु भयको थियो ।
कार्यक्रममा बोल्दै उहाले बालबालिका समाजका भबिस्यका सम्बाहक भयकाले अधिकार पाउन र अधिकार को बारेमा जान्न आवश्यक रहेको बताउदै बालबिवाह समाज को अपराध सरह भयकाले बालबिबाह न्यूनीकरण गर्न आवश्यक रहेको बताउनु भयो
आज काल बालक्लब का सदस्य ले नै बालबिबाह गर्ने बढी देखिन आयको र यस्मा बालक्लाब का भाइबहिनी ले यस कामलाइ रोक्न महत्त्वपूर्ण सहयोग गर्नुपर्ने बताउनु भएको छ बालक्लब का द्दठ जनाको सहभागिता रहेको तालिम को सहजीकरण वडा सहायक कल्पना रावलले गर्नुभएको थियोे