साउन, २७ अछाम
चर्चिक डेउडा गायक लालबहादुर धामी (अछामी बड्डो)ले ‘माष्टरकी छोरी’ बोलको गित बजारमा ल्याएका छन् ।
लकडाउनका कारण थलिएको संगित बजार बिस्तारै उचाई लिईरहेका बेला अछामी बड्डाले उक्त म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् ।
शब्द र संगित सर्जक राजेन्द्र शाह बिपीको रहेको गितमा लालबहादुर धामी अछामी बड्डो र चर्चित लोकदोहरी गायिका टिका पुनको स्वर रहेको छ ।
भिमदत्तनगरपालीको पहाडी क्षेत्र तथा पर्यटकिय क्षेत्र चाँदबारीमा छायाङकन गरेको म्युजिक भिडियोको निर्देशन चर्चित नृत्य निर्देशक भिमि थापाले गरेका हुन् भने गितको ऐरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् ।
थुप्रै डेउडा, लोकपप गित बजारमा ल्याईसकेका धामीले यो गितबाट पनि स्रोता दर्शकबाट रामै माया पाउने गायक धामीले बताए ।
भिडियोमा गायक आफै लालबहादुर धामी, सिमा खड्का र लक्ष्मण अधिकारीले अभियन गरेका छन् ।