आनन्द साउँद अछाम
मंगलसेन नगरपालिका वडा नम्बर १३ स्थित बस्ती स्वास्थ्य चौकिमा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य चौकिको एक वर्ष भित्र भएगरेका सामाजिक, आर्थिक, भौतिक अव्यवस्था को बारेमा छलफल सहित विभिन्न निर्णय पारित गरिएको थियो ।

समिक्षामा सहभागिहरुले स्वास्थ्य क्षेत्र बाट प्रभाव हुने सेवा सुविधा लाई अझै प्रभावकारि बनाउन पहल गर्ने तर्फ जोड दिएका छन ।
साथै सोहि कार्यक्रममा महिला स्वास्थ स्वमसेबिका द्धारा गर्ववति महिला, पोषण, परिवार नियोजन सम्बन्धि सुझाव सहल्ला समेत दिएको थियो ।
कार्यक्रममामा स्वास्थ्य चौकि ईन्चार्ज विजय श्रेष्ठ र अ.हे.ब कम्लेस कुमार गुप्ता ले स्वास्थ्यको समग्र अवस्थाका बारेमा जानकारी गराँउनुभएको थियो ।