धुर्ब बिसि अछाम
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसका अवसरमा मंगलसेनमा नगरस्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रशास कार्यालय अछामको आयोजना तथा मंगलसेन नगरपालिका र मालिका विकास संघको सहकार्यमा सम्पन्न वतृत्वकला प्रतियोगितामा नगरका सबै मावि विद्यालयबाट १७ जना बालबालिकाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

जसमा षोडशा मावि मंगलसेनका बमबहादुर बीसी प्रथम, गंगा माविका मदन भण्डारी दोस्रो, शोडषा माविका आईसा ढुंगाना तेस्रो र गंगा माबिका गोमा भाटले सान्त्वना स्थान हासिल गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको अध्यक्षता तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोहराले लागु औषधको कुलतबाट बच्न नसके देशले राम्रा मान्छे गुमाउने भएकाले बाल्यावस्था देखि नै कुलतबाट टाढै बस्ने बानीको बिकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले कयौं मानिसले लागु औषधकै लतका कारण भबिष्य बर्बाद गरेको भन्दै अब त्यो अवस्था सृजना हुन नदिन स्थानीय सरकार समेत गम्भीर रहेको भन्दै नगर प्रमुख बोहराले यसमा सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सानै देखि राम्रो संस्कार सिकाउन सके आजका बालबालिकाले भोली यो देशमा दक्ष जनशक्तिका रुपमा काम गर्न सक्ने भएकाले त्यसका लागि घरपरीवार, समाज र सम्बन्धीत निकाय समेत सचेत रहुनपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावलले भबिष्य उज्याले बनाउने बेला नै स्कुले जिवनको चारण भएको हुदा अहिले देखि नै कुलत बाट टाढा रहने प्रयत्न गर्न सुझाब दिनुभयो ।
उहाँले व्यापक प्रचारप्रसारले समेत बालबालिकामा राम्रो बानीको बिकास हुने भएकाले रचनात्मक भूमिकामा उनीहरुलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । प्रतिस्पर्धामा अछाम बहुमुखि क्याम्पसका सहप्राध्यापक ध्रुव कुमार शाही,
उपप्राध्यापक मानबहादुर बुढा र रेडक्रस सोसाइटीका जिल्ला सभापति रत्न प्रसाद ढुंगाना निर्णायक समितिमा रहनु भएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनकबहादुर शाहीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिकाको शिक्षा शाखा प्रमुख बृकेश बोगटीले गर्नु भएको थियो ।