पाल्पा । २ दिनदेखिको अविरल वर्षाका कारण पाल्पामा एकाविहानै पहिरो जाँदा ३ घर पुरिएका छन् भने ६ जना बे’पत्ता भएका छन् ।
पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले तीन घर पुरिँदा हुमबहादुर गाहाको परिवारका पाँच जना बे’पत्ता भएका छन् ।
भने मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएपनि फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बे’पत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
अध्यक्ष भण्डारीका अनुसार अहिले पनि पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको छ ।