२० असार अछाम
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिला संग्रौलाले नेपाली काँग्रेसको महाँदिवेशन निर्धारित समयमै हुने बताँउनुभएको छ । नेपाल प्रेस यूनियनले मंगलसैनमा गरेको पत्रकार सम्मेलनमाबोल्दै संग्रौलाले अहिले नेपाली काँग्रेस सुदृढिकरणका साथ अघि बढिरहेको भन्दै महाँदिवेशन समेत निर्धारित समयमै हुने दावी गर्नुभयो ।

नेपाली काँग्रेसले पहिलो चरणको जनजागरण अभियान सम्पन्न गरेको र गुटगत बिवाद अन्त्य गर्दै अघि बढिरहेको बताउनुभयो । नपाली काँग्रेसको केन्द्रिय समितिको बैठक समेत असार २२ गतेका लागि बोलाईएको उल्लेख गर्दै उहाँले गुट अस्वभाविक नभएको समेत बताँउनुभयो ।
पार्टी सभापति शेरबहादुर देउवा सबैलाई मिलायर अघि बढ्ने प्रयास गरिरहेको बताँउदै संग्रौलाले पछिल्लो समय काँग्रेस शीर्ष नेताहरुका बिभिन्न बैठकप्रति लक्षीत गर्दै गुट पनि लोकतन्त्रको सुन्दर पक्ष भएको बताँउनुभयो ।
नेपाली काँग्रेस पछिल्लो समय सुशासन, लोकतन्त्र, मानवअधिकार प्रेस स्वतन्त्रता, विधिको शासन लगायत लोकतन्त्रका आधारभूत पक्षहरुको जोडदार रुपमा वकालत गरिरहेको नेतृ संग्रौलाको भनाई छ । उहाँले वर्तमान सरकारले यी कुराहरुको प्रत्याभूत समेत गराँउन नसकेको बताँउनुभयो ।
विभिन्न विधेयक र सरकारका पछिल्ला गतिविधि जनताको पक्षमा नभएको उहाँको आरोप छ । लोकतन्त्रका लागि नेपाली काँग्रेस नै चाहिने दाबी गर्दै नेपाली काँग्रेसको श्रम रोजगार तथा सामाजिक सुरक्षा छाया मन्त्री समेत रहनुभएका संग्रौलाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएकोले यसलाई प्रभावकारी बनाईनुपर्नेमा जोड दिनुभयो ।
संसदको राज्य ब्यावस्था समिति सदस्य समेत रहनुभएका उहाँले केही समयअघि कैलाली कञ्चनपुरमा आएको हावाहुरी पिडितलाई राज्यले ध्याँन नदिएको भन्दै राहतका लागि आवाज उठाउँने बताँउनुभयो ।
प्रे यूनियनका केन्द्रिय सदस्य रामबहादुर कुवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस जिल्ला सभापति भरत कुमार स्वार, नेपाल मलिा संघका केन्द्रिय सदस्य गिरिजा न्यौपाने लगायत नेताहरुको सहभागिता रहेको थियो ।
जिल्ला स्थित विभिन्न सञ्चारमाध्ययम र राष्टिय सञ्चार माध्ययममा कार्यरत पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन प्रेस यूनियनका कार्यवाहक सभापति धनराज साउदले गर्नुभएको थियो ।