होम साउँद अछाम
मङ्गलसेन नगरपालिका १ स्थित स्वास्थ्यचौकी कुन्तिबण्डालिको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य ब्यावस्थापन समिति अध्यक्ष तथा वडानम्वर १ का अध्यक्ष गोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा गर्भवति प्रोत्साहन भत्ता कोष निर्माण गर्ने, स्टेचर खरिद गर्ने, ल्याव सेवा सेवा सञ्चालन गर्ने, नागरिक बडापत्र र निशुल्क औसधि बिवरण राख्ने र गाउघर क्लिनिक भवनहरु निर्माणका लागि कार्ययोजना समेत तयार पारिएको छ । कार्यक्रममा वडानम्वर २ का अध्यक्ष मानबहादुर बोगटि रहनुभयको थियो ।
बोगटिले गाउसमाजका दाजुभाइलाईका असिमित आवस्यकतालाई सिमित श्रोत बाट पूरा गर्नुपर्ने अवस्थामा स्वास्थयको सुधारका लागि प्रयास भैरहेको बताउनुभयो । स्वास्थय क्षेत्रको सुधारका लागि वडा, नगर र प्रदेश तथा सङ्घिय सरकारमा पनि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा सदस्य पुर्ण बहादुर रानाले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कुन्ति माविका प्रधानाध्यापक मदन बोगटिले सङ्छिप्त मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा वडा सदस्य तेजराज नाथ, गङ्गा थापा, राधिका जयगडि, नेकपाका वडा अध्यक्ष चक्र राना, नेपाली काङ्ग्रेसका चन्द्र जयगडि, कुन्ति माविका प्रधानाध्यापक मदन बहादुर बोगट, पुर्व गाविस अध्यक्ष हर्क बहादुर राना, वडाका प्राविधिक हिरण्ड बोगटि बिद्यालय ब्यावस्थापन समिति अध्यक्षको तर्फबाट जाल्पा आधारभुत बिद्यालयका अध्यक्ष कमल थापा, समाजसेवि लछिराम जयगडि, दलित प्रतिनिधि लालबिरे कामी, महिला प्रतिनिधि बिर्मा थापा लगायतका अतिथि रहनुभयको थियो ।
स्वास्थ्यचौकी इन्चार्ज कृष्णचन्द्र ठाकुरले सस्था मार्फत गत वर्ष र चालू आर्थिक वर्षमा प्रवाह गरिएको स्वास्थ्य सेवाका बारेमा जानकारि गराउनुभयको थियो भने कार्यक्रमको सहजिकरण सुदुर सञ्चार समाज नेपालका होम बहादुर साउद र चन्द्र थापाले गर्नुभएको थियो ।