लाल बहादुर चदारा,असार २४ अछाम
स्वास्थ्य क्षेत्रको लागि सामाजिक परिक्षण कार्यक्रम बिन्धेबासनिको मेल्लेख स्वास्थ्य चौकिमा सम्पन्न भयको छ । स्वस्थ्य सस्थाको सेवालाई गुणस्तरीय र उत्तरदायि बनाउन र सेवाप्रदायक सस्थाको निति नियम कार्यक्रम कार्यनयन सेवा गराहि लाई सेवाप्रवहा को अबस्था र सेवा प्रवाह को लेखा जोखा र सेवाको प्रभाबकारिता बारे सरोकारबालाको धारणको आधारमा समाजिक परिक्षण गरियको हो ।

कार्यक्रम स्वास्थ्य को समग्रसुधारको लागि कार्ययोजना समेत तयार पारेको छ स्वास्थ्य क्षेत्र को गतिविधि को बारेमा मेल्लेख स्वास्थ्य चौकि ईनचार्ज देबिन्द साउद ले जानकारि गराउनुभयो । स्वास्थ्य ब्यबस्थापन समिति अध्यक्ष रेबन्त अधिकारीको अध्यक्षतामा भयको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै अधिकारिले ,
समुदायमा महिला स्वास्थ्य स्यमसेबिकाले ठुलो भुमिका खेलेको भन्दै आगामि दिनमा वडा बाट स्वास्थ्य क्षत्र को कार्यक्रम को लागि पहिलो प्रथामिकतामा राखिने बतउनु यस्तै सोहि कार्यक्रममा मेल्लेख स्वस्थ्य शाखा सयोजक हिकमत बुढाले मेल्लेख स्वास्थ्य सस्थाको समस्या समधानको लागि गा पा बाट सहयोग लागि पहल गरिने बताउनु भयो ।
मेल्लेख स्वास्थ्य शाखाको सहकार्य र बिन्धेबासनि स्वास्थ्य चैकिको आयोजनामा भयको सामाजिक परिक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि राजनीतिक दल महिला स्यमसेबिका आमासमुह सुनौला हजार दिनका आमा स्वास्थ्य कर्मि लगायतको सहभागिता रहेका थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार खम्म खत्रि र लालबहादुर चदाराले गर्र्नुभएको थियो । यसैबिच कमलबजार नगरपालिका वडा नम्वर ७ सेरा स्थीत सेरा स्वास्थचौकीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा न ७ का वडा अध्यक्ष तथा स्वास्थ व्यावस्थापन समिती अध्यक्ष गोविन्द भणडारिको अध्यक्षतामा सुरुभएको कार्यक्रममा स्वास्थ्य क्षेत्रमा देखियका समस्या हरुलाई आगामी कार्ययोजना निर्माण गर्दै स्वास्थ्य को मापदण्ड अनुसारका स्वास्थ्य भवन , खानेपानी ,
शौचालय , स्वास्थ्य सम्म सडक बिस्तार सूचना पाटी लगायत अन्य समस्याहरुको पहिचान गर्दै बार्षिक कार्ययोजना निर्माण गरियको छ । स्वास्थ्य क्षेत्रको सामाजिक , आर्थिक , र भौतिक अवस्थाको बारेमा स्वास्थ्य चौकी इन्चार्ज तप्त बहादुर पुन ले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ।