शंकर थापा , असार २६ अछाम

आर्थिक अवस्था कमजोर भएका विद्यार्थि लाई १० हजार सहयोग गरीएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाका आर्थिक अवस्था कमजोर भएका १२ जना विद्यार्थिहरु लाई आर्थिक सहयोग गरीएको हो ।
दर्नाको ऐश्वर्य माद्यामिक विद्यालयका ६ जना र विन्ध्याबासीनी माद्यामिक विद्यालय माझेठानका ६ जना गरी १२ जना लाई १० हजारका दरले एक व्यक्ति लाई पहिलो कीस्ताको ६ हजार उपलब्ध गराईएको हो ।
बिगत लामो समय देखी अछाम जिल्लाका बिकट बस्तीहरुमा बिभिन्न रचनात्मक काम गर्दै आईरहेको गैरसरकारी संस्था वाक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित युवा स–शक्तिकरण बुलगारी परीयोजनाले शैक्षिक बृत्त सहयोग रकम उपलव्ध गराएको हो ।
संस्थाले बिशेषगरी आर्थिक अवस्तथा कमजोर भएका कारण शिक्षा बाट बञ्चीत नहुन र उज्जवल भबिष्य तर्फ विद्यार्थिहरु लाई सहयोग गर्दै आईरहेको छ । जस अन्र्तगत दर्नाको ऐश्वर्य माद्यामिक विद्यालय र बिन्ध्याबासीनी माबिमा एक कार्यक्रमका बिच उक्त सहयोग रकम उपलब्ध गराईएको हो ।
पहिलो किस्ता बाफत संस्थाले ६ हजार उपलव्ध गराएको छ भने बाँकी रहेको रकम अर्को किस्तामा उपलव्ध गराउने वाक नेपाल प्रतिनिधी खेमराज ओझाले जानकारी दिनुभएको छ ।
सहयोग रकम पाउनेमा दर्नाको ऐश्वर्य माद्यामिक विद्यालयका पारश परियार, जमना बिक, कृष्ण परियार, भुपेन्द्र थापा, टंक रावत,स्वस्तीका शाह र बिन्ध्याबासीनी माबिमा अध्ययनरत लक्ष्मण चन्द, भुपेन्द्र साउँद, पृथ्बी टमट्टा, कमल कठायत, पुजा कठायत र मनिषा कठायतले पहिलो किस्ता बाफतको ६ हजार रकम पाएका हुन ।
भने बाँकी रहेको ४ हजार रुपयाँ अर्को किस्तामा उपलब्ध गराईने वाक नेपालका प्रतिनीधी खेमराज ओझाले जानकारी दिनुभएको छ । वाक नेपाल बाट आर्थिक सहयोग पाएका विद्यार्थिहरुले आफुहरुको साहारा बनेको भन्दै संस्था लाई अबिभावक र विद्यार्थिहरुले धन्यवाद दिएका थिए ।
साथै आफुहरु लाई विद्यालय गएर पढ्नको लागी थप हौसला प्रदान भएको प्रतिक्रीया दिएका छन । उनिहरुले यस्ता खालका कार्यक्रमहरु आगामी दिनमा पनि ल्याउनु पर्ने बताएका छन ।