चक्र साउद अछाम : ३० असार
रामारोसन गाउँपालिका स्थित एक घर छानोमा आगलागि हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ । रामारोसन गाउँपालिका वडा नं ६ निवासी भक्त साउदको घरमा गए राति लगभग १२ बजे भन्दा पछि आगलागी भएको हो ।

भान्सा कोठाबाट अचानक सुरु भएको आगोले उनको ढुङ्गा माटो र काठले बनेको १ तल्ले घरछानो तथा घर भित्र भएको धन सम्पत्ति अन्नपात,भाडावर्तन सवै जलेर नष्ट भएको छ ।
भक्त साउदको परिवारसंगै भएको अर्को घरमा बसेका हुदा मानवीय क्षेती भने हुन पाएन ।
आगलागी गाउपालिका प्रहरि चौकी शान्तडालाई खबर गरे पनि अझै प्रहरी टोलि सो स्थानमा आएको छैन ।