चन्द्र प्रसाद भाट,कमलबजार अछाम
सुदुरपश्चिम प्रदेशको चिनारी देउडा गित सँगीतका एक नयाँ हस्ती लोकेन्द्र साउँद को देउडा गीत (यो दिल मा बसेकी सुवा) युटुबमा सार्बजनिक भएको छ । आफ्नो मौलीक सँस्कृति लाई जगेर्नाका लागी अहोरात्र खटिरहनु भएका गायक साउँदले पछिल्लो समय आपैmले मोडल पनि खेल्न थालिसकेका छन ।

अछाम जिल्ला को मेल्लेख गाउपालीका वडा नः ७ नन्देगडामा पिता तिल्लामे साउँद र माता पबित्रा साउँद को कोखबाट कान्छो सन्तानका रुपमा बि.सः २०५५ साल जेष्ठ २४ गते जन्मीनु भएका गायक साउँद गित सँगीत पारखी हुनुहुन्छ । साउँदले बि.स.२०७४ सालमा गित सँगितको यात्रा सुरु गर्नुभएको थियो ।
उहाँले आप्नो पहिलो गितको रुपमा (यो मन खाने काली) बजारमा ल्याउनु भएको थियो । उक्त गितमा गायिका पशुपति खनाल र साउँद आफैैले स्वर भर्नुभएको छ । गित सँगीतमा स्वर भर्दै गएका साउँद पछिल्लो समय स्वर भर्नुभन्दा पनि मोडल मा नै ब्यस्त देखिन्छन ।
गायक साउँदका अहिले सम्म आफैले स्वर भरेका,मोडल गरेका,लय शब्द रचना गरेका गितहरु १ दर्जन भन्दा बढि बजारमा चर्चामा छन । बाल्यकाल देखि नै गित सँगित लाई माया गर्ने साउँद आफु बनमा गोठालो जाँदा होस या कुनै सभा समारोहमा आफुलाई मन पर्ने गित हरु गुनगुनाई रहन्थे ।
मेलापात,पाखा पखेरा,उकाली ओराली,भज्याँङ चौतारी मा पनि उनले गितहरु गाउने गर्दथे । साउँदले मोडल गर्नुभएको देउडा गित यो दिलमा बसेकी सुवा,जसमा टँक नेपाली र माया सिलाल ले स्वर भर्नुभएको छ । भने उक्त गितमा सदुरकी चेली निरुता खत्रि र लोकेन्द्र साउँद ले अभिनय गर्नुभएको गित बिशेष फिल्मस प्रा.ली बाट बजारमा आईसकेको छ ।
बाल्यकालमा आफ्ना अबिभाबकहरु का अगाडी पनि कत्ति पनि नडराई निर्धक्क तरीकाले गीत गाएको अनुभब साउँद सुनाउनु हुन्छ । आफ्नो सस्कृती लाई जोगाई राख्नका लागी आगामी दिनहरुमा पनि तपाईको अमूल्य समय खर्चिनु हुनेछ भन्ने आशा र अपेक्षा छ । आउँदा दिनहरुमा यस्तै प्रगतीको शुभकामना तापाईलाई ।